शरणार्थीको कथामा दयाहाङ | Khabarhub Khabarhub

शरणार्थीको कथामा दयाहाङ


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– पूर्वी नेपालको झापा र मोरङ्मा बसोबास गरी रहेका भुटानी शरणार्थी र स्थानीय युवतीबीच प्रेमकथामा बनेको म्युजिकल फिल्ममा नायक दयाहाङ राई शरणार्थी युवाकोरुपमा देखिएका छन् ।

सँगसँगै कान्छी बोलको गीतलाई आधार बनाएर रंगकर्मी जीवन बरालले बनाएको म्युजिकल फिल्ममा उनी शिविर बाहिर बस्तिका युवतीसँग प्रेममा परेका शरणार्थी युवाहरुको प्रतिनिधीको रुपमा देखिएका छन् ।

जमर्को ईन्टरटेन्मेन्ट युट्युव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा उनीसँगै नग्मा श्रेष्ठ नायिकाको रुपमा देखिएकी छन् ।

एक दशकभन्दा लामो समयदेखि काठमाडौँमा रहेर रंगञ्चमा क्रियाशील बरालले आफूले वर्षौदेखि पूर्वी नेपालमा देखेको शरणार्थी शिविर र शिविर बाहिर हुने प्रेमकथालाई भिडियोमा उतार्ने प्रयास गरेको बताएका छन् ।

नन्दु गुरुङले गाएको गीतका शव्द अनिल धिरुलले लेखेका हुन् भने देव गुरुङ गीतका संगीतकार हुन् ।

सम्रान्त थापा, पूर्णमाया राई, भवानी दुलाल, सरोज तिमिल्सिना, काव्य बराल लगायतका कलाकारहरुको अभिनय रहेको भिडियोको कथा, परिकल्पना पनि निर्देशक बरालले नै गरेका छन् ।

भुपेन्द्र तुम्बाहाम्फेले खिचेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ३ : ३७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन