भिभोको Y12s नयाँ स्मार्टफोन बजारमा, मूल्य कति ? | Khabarhub Khabarhub

भिभोको Y12s नयाँ स्मार्टफोन बजारमा, मूल्य कति ?


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वव्यापी स्मार्टफोन ब्राण्ड, भिभोले आज आफ्नो Y सिरिजमा नयाँ स्मार्टफोन भिभो Y12s नेपाली बजारमा उपलब्ध गराएको घोषणा गरेको छ ।

Y12s को उपलब्धताको साथ भिभोले युवाहरुलाई विभिन्न मूल्य दायराहरुमा अर्थपूर्ण नवीनता भएका फिचर रिच स्मार्टफोनहरु प्रदान गर्ने आफ्नो लक्ष्यलाई बढावा दिन्छ ।

vivo Y12s मा निकै शक्तिशाली, दिर्घायु 5000mAh ब्याट्रि, साईड–माउन्टेड फिन्गरप्रिन्ट प्रविधि र AI Dual क्यामेरा रहेको छ ।

vivo Y12s ले 6.51-inch Halo Full View™ डिस्प्लेसहित HD रेजोलुसनको साथमा प्रयोगकर्ताहरुलाई निर्बाध मनोरञ्जनको अनुभव सुनिश्चित गर्दछ । उक्त नयाँ vivo Y12s युवा उपभोक्ताहरुको जीवनशैलीसँग मिल्नेगरि निर्माण गरिएको छ ।

भिभो नेपालका सिईओ, मार्स भन्छन्, “भिभो Y सिरिजलाई नेपालको लोकप्रिय स्मार्टफोनहरुको रुपमा स्वागत गरिएको छ । Y सिरिजका स्मार्टफोनहरु सधैँ सक्रिय रहिरहने युवाहरुको आवश्यकताहरुलाई ध्यानमा राख्दै बनाईएको छ ।

शक्तिशाली 5000mAh ब्याट्रि रहेको उक्त vivo Y12s मा साईड–माउन्टेड फिन्गरप्रिन्ट प्रविधि, AI Dual क्यामेरा जस्ता फिचरहरु आकर्षक डिजाईनको साथमा रहेको छ ।”

तपाईको सबै आवश्यकताहरु पूरा गर्ने क्यामेरा

नयाँ vivo Y12s मा रहेको शक्तिशाली AI Dual क्यामेराले उत्कृष्ट फोटोग्राफी अनुभव दिलाउँछ । फेस ब्युटी र फिल्टरर्स लगायत विविध फिचरहरुबाट उक्त क्यामेरा समर्थित छ । 13MP रियर क्यामेरा र f/2.2 एपर्चरको साथमा हरेक विवरण Y12s को साथ चम्किन्छ ।

vivo Y12s मा रहेको 2MP Bokeh क्यामेराले जीवन्त र आँखालाई लोभ्याउने शटहरु प्रदान गर्दछ, भिभोको अपडेट गरिएको बोकेह एल्गोरिदमलाई धन्यवाद । Y12s को साथ, चित्रहरु केबल थप जीवित देखिने मात्रै नभई, अधिक गहिराई पनि प्रदान गर्दछ ।

आकर्षक सेल्फीहरुका लागी 8MP फ्रन्ट क्यामेरा रहेको छ ।

दीर्घायु ब्याट्रि

मोबाईलमा दिर्घायु ब्याट्रि जीवन सुनिश्चित गर्नमा एक छलांग लिदै, vivo Y12s मा AL पावर सेभिंग प्रविधिबाट समर्थित शक्तिशाली 5000mAh ब्याट्रि रहेको छ ।

एक पुरा चार्जले १६.३ घण्टा सम्मको अनलाईन मुभि स्ट्रिमिङ वा ८.९ घण्टा सम्मको गेमिङ अनुभव प्रदान गर्दछ । 5V/1A रिभर्स चार्जिङ पनि रहेकोले Y12s बाट मोबाईल पावर बैंक जस्ता अरु उपकरणहरु चार्ज गर्न सकिन्छ ।

आकर्षक ईमर्सिभ डिस्प्ले

Y12s मा रहेको 6.51-inch Halo FullView™ डिस्प्ले सहित HD रेजोलुसनको साथमा प्रयोगकर्ताहरुले भिडियोहरु हेर्दा वा गेमहरु खेल्दा निकै उत्कृष्ट प्रदर्शनी अनुभव प्रदान गर्दछ । उक्त डिस्प्लेमा विशेष Eye Protection Mode रहेको छ जुन सक्रिय हुँदा हानिकारक निलो बत्तीलाई फिल्टर गरि प्रयोगकर्ताहरुको आँखामा तनाव हुनबाट जोगाउँछ ।

चमकदार रङहरु

vivo Y12s दुई शानदार रङहरुमा उपलब्ध रहेको छः Phantom Black र Glacier Blue

– फ्यान्टम् ब्ल्याक उच्च फेसनको भावनाबाट प्रेरित छ र रत्न–जस्तो फिनिशिङ रहेको छ ।

– ग्लेसियर ब्लुले सूक्ष्म इन्द्रेणी रङ र हिमनदीको फिक्का निलो सतहको प्रतिनिधित्व गर्दछ ।

No description available.

उन्नत अनुभव

एक युवा केन्द्रीत ब्राण्ड रहेको रुपमा, भिभोले युवावर्गको स्मार्टफोनसँगको अनुभव वृद्धि गर्न धेरै सुविधाहरु एकीकृत गरेको छ र अन द गो पुस्ताको लागी अनुकूलित गरेको छ ।

Side-Mounted Fingerprint Scanner: भिभोको साईड–माउन्टेड फिन्गरप्रिन्ट डिजाईनले फिन्गरप्रिन्ट स्क्यानरलाई पावर बटनको साथ एकीकृत गर्दछ जसले गर्दा
एकै समयमा डिस्प्ले अन गर्न र फोन अनलक गर्न सकिन्छ । यस डिजाईनले Y12s लाई आकर्षक देखाउने साथै मात्र ०.२३ सेकेण्डमा फोन अनलक गर्ने सहजता प्रदान गर्छ ।

Face Wake: भिभोको फेस वेक फिचरले तपाईको अनुहार चिन्ने बिक्तिकै फोन अनलक गर्दछ । जब साईड–माउन्टेड फिन्गरप्रिन्टको साथ मिलाईन्छ, तपाईको फोन पहुँच कहिल्यै यति स्मार्ट र सजिलो भएको छैन ।

Multi Turbo 3.0: गेमहरु खेलिरहेको बखतमा भने, Multi-turbo 4.0 ले खेललाई कुनै पनि अवरोध र ढिलाई हुन दिदैन । यसलाई ऋएग् र आन्तरिक भण्डारण स्रोतहरु बाँडफाँड र प्राथमिकता दिनका लागी पनि तयार गरिएको छ र पृष्ठभूमिमा धेरै एपहरु चलिरहेपनि अवरोध हुन कम गर्दछ ।

पर्याप्त भण्डारण क्षमताः vivo Y12s मा प्रयोगकर्ताहरुलाई गेम, एपहरु डाउनलोड गर्न, चलाउन र धेरै फाईलहरु फोनमा राख्नको लागी 3GB + 32GB RAM & ROM रहेको छ ।

अरु फिचरहरुः

vivo Y12s स्मार्टफोन Fun Touch OS 11 मा सञ्चालित रहेको छ र दैनिक प्रयोगको लागी केही अरु रोमाञ्चक फिचरहरु पनि रहेको छ ः

AI Album: यस फिचरले तपाईको तस्बिरहरुलाई समय, स्थान, घटनाको आधारमा व्यवस्थित गर्न सहयोग गर्दछ । अझ बढी क्षण र सम्झनाहरु सिर्जना गर्दै तपाईको कुन फोटोहरु नयाँ र नवीन तरिकाले फिट हुन्छ पत्ता लगाउनुहोस् ।

iManager: यस फिचरले भिभो प्रयोगकर्ताहरुलाई दिनहुँको पट्यारलाग्दो कार्यहरुबाट मुक्त गराउँछ । रातको समयमा फोनका समस्याहरु स्क्यान गर्ने र क्लिन–अप गर्ने जस्ता कार्यहरु गर्नका लागी iManager फिचर रहेको छ ।

उपलब्धता

Y12s नेपालमा १४ फेब्रुअरी २०२१ देखि उपलब्ध हुनेछ, मात्र रु.१७ हजार ९९९ बाट सुरु भएको कम्पनीले जनाएको छ ।

भिभो विश्वमा नै एक अग्रणी टेक्नोलोजी कम्पनी हो, जुन स्मार्ट डिभाईस र दक्ष सेवाको साथ एकिकृत व्यवसायको रुपमा अघी बढिरहेको छ ।

भिभो अद्भुत रचनात्मक तरिकाबाट टेक्नोलोजी र फेशनलाई एकिकृत गरी आकर्षक ट्रेंडसेटिंग स्मार्ट मोवाईल उत्पादनहरु र सेवाहरु डिजाईन गरी डिजीटल विश्वमा प्रयोगकर्ताहरुलाई एउटै स्थानमा जोड्ने प्रतिबद्धता जनउँदछ । यसको मूल मान्यताहरुको पालना गर्दै, जसमा “नविनता” उपभोक्ता अभिमुखिकरण र ८“बेनफेन”८ समाबेश गरीएको छ ।

दिर्घकालिनरुपमा एक अग्रणी विश्वस्तरीय उधमी बन्ने लक्ष्य हाँसिल गर्नका लागि भिभोले एक दिगो विकास, दिगो रणनीति कार्यान्वयन गरेको छ ।

भिभोको मूख्य कार्यालय चाईनामा अवस्थित छ, र शेनजेन, डोनगुआन, नानजिंग, बेइजिङ्ग, हाँङ्गअउ, शांघाई, ताइपे, टोकियो र सान डिएगोमा गरी ९ अनुसन्धान र विकास केन्द्रहरुको नेटवर्कबाट समर्थित रहेको छ । यी केन्द्रहरुले छजी, कृत्रिम बृद्धिमता, औधोगीक डिजाईन, फोटोग्राफी र अन्य अघि बढ्न लागिरहेकोे क्षेत्रहरु सहित आधुनिक उपभोक्ता प्रविधीहरुको विकासमा केन्द्रित छन् ।

भिभोले चीन, दक्षिण एशिया र दक्षिणपूर्व एशियामा पाँच उत्पादन हबहरु पनि स्थापित गरेको छ जसले हरेक वर्ष २ करोड भन्दा बढी स्मार्टफोनहरु निर्माण गर्दछ । २०१९ सम्ममा भिभोले ३० भन्दा बढि देशहरु र क्षेत्रहरुमा आफ्नो विक्रि नेटवर्क विकसित गरेको छ, र ३७० मिलियन भन्दा बढि उपभोक्ताहरुको माया पाईरहेको छ ।

No description available.

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ३ : २३ बजे

सुर्खेतमा ‘एन्फा महिला लिग’ आजदेखि

कर्णाली– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग-२०२४ छनोट

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न