प्रेममा रमाउँदै नीता र हरिहर | Khabarhub Khabarhub

प्रेममा रमाउँदै नीता र हरिहर


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कलाकारद्वय नीता ढुंगाना र हरिहर अधिकारी केही समययता प्रेममा छन् । यी दुईले आफ्नो प्रेमका बारेमा शुरुमा नखुलाए पनि आजभोलि भने सामाजिक सञ्जालमार्फत आफूहरु प्रेममा रहेको बताउन थालेका छन् ।

नीताले त एक टिभी अन्तर्वार्ताका क्रममा आफू हरिहरसँग प्रेममा रहेको समेत बताएकी थिइन् । नीता र हरिहरको घनिष्टता पछिल्लो समय अझ बढेको छ । केही समयअघि हरिहरले आफ्नो फेसबूकमा नीतासँगको तस्वीर शेयर गरेका थिए । पछि उनले उक्त तस्वीर हटाएका थिए ।

यो सम्बन्धलाई लिएर दुवैजना सिरियस पनि छन् । यी दुवैले आउँदो वैशाखमा बिहे गर्ने चर्चा पनि चल्ने गरेको छ ।

आज हरिहरको जन्मदिनको अवसर पारेर नीताले हरिहरलाई जन्मदिनको शुभकामना दिएकी छिन् । उनले शुभकामना दिँदै लेखेकी छिन्, ‘जन्मदिनको शुभकामना जी ।’

नीताको पोस्टमा कलाकार दीपाश्री निरौलाले पोस्ट गर्दै भनेकी छिन् – हरिहर जीलाई जन्मदिनको शुभकामना । दुवैलाई प्रणय दिवसको शुभकामना ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  १ : ०६ बजे

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको

डा हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको