रोनाल्डोको टोली युभेन्ट्स नापोलीसँग पराजित | Khabarhub Khabarhub

रोनाल्डोको टोली युभेन्ट्स नापोलीसँग पराजित


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्स  नापोलीसँग स्तब्ध भएको छ ।

शनिबार राति भएको खेलमा युभेन्ट्सलाई नापोलीले १-० ले पराजित गरेको हो ।

घरेलु मैदानमा नापोलीलाई जित दिलाउन लोरेन्जो इन्सिग्नेले निर्णायक गोल गरे । खेलको ३१औँ मिनेटमा लोरेन्जोले पेनाल्टीमा गोल गरेका थिए ।

जितसँगै नापोली लिगको चौथो स्थानमा उक्लिएको छ । नापोलीले २१ खेलमा ४० अंक जोडेको छ ।

हारसँगै शीर्षस्थानको एसी मिलानसँग अंक दूरी घटाउने युभेन्ट्सको चाहानामा धक्का लागेको छ । तेस्रो स्थानमा रहेको युभेन्ट्सको ४२ अंक छ । शीर्ष स्थानको मिलानको ४९ अंक छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  १० : ४५ बजे

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो

वैदेशिक रोजगारमा जानेलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको