भारतीय कलाकार राज्य सत्तासँग किन झुक्छन् ? « Khabarhub
Logo
२६ बैशाख २०७८, आइतबार

भारतीय कलाकार राज्य सत्तासँग किन झुक्छन् ?



अक्षय कुमारभन्दा धेरैअघि भारतमा एक कलाकार थिए कुशोर कुमार । सन् १९७५ को संकटकाल घोषणापछि तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीलाई आफ्नो २०बुँदे कार्यक्रम प्रचार गर्नुपर्ने अवस्था आयो । त्यसका लागि उनले भारतीय कलाकारहरूको साथ खोजिन् । युथ कांग्रेसको एक कार्यक्रममा उनले गायक तथा अभिनेता अशोक कुमारलाई प्रस्तुति दिन गरेको आग्रह उनले अस्वीकार गरे ।

प्रधामन्त्रीको आग्रह अस्वीकार गरेपछि तत्कालीन सूचना तथा प्रसारणमन्त्री भिसी सुक्लाको ‘ठाडो निर्देशन’ मा कुमारका गीत अल डन्डिया रेडियो र दूरदर्शनमा प्रसारण गर्न रोक लगाइएको थियो ।

संकटकालविरुद्ध फिल्म उद्योगबाट अशोक कुमारमात्रै विरोधमा थिएनन् । देव आनन्द, मनोज कुमार, शत्रुघन सिन्हा लगायतका कलाकारले पनि संकटकालको विपक्षमा आफ्नो अभिमत जाहेर गरेका थिए ।

अहिलेका क्रिकेट हस्तीहरूभन्दा पहिला भारतमा अर्का क्रिकेट हस्ती थिए, विशन सिंह वेदी । बाँया हाते यी स्पिनरलाई भारतीय क्रिकेट बोर्डसँगको असमझदारीका कारण धेरै खेलमा प्रतिबन्ध लगाइयो ।

सन् १९७४ को टेस्ट क्रिकेटअघि खेलाडीलाई दिइने थोरै पारिश्रमिकका विपक्षमा आवाज उठाएपछि उनलाई उक्त खेलमा प्रतिबन्ध लगाइएको थियो । हाल आफ्नो जीवनको ७० को दशकमा रहेका उनी विद्रोही स्वभावका व्यक्ति थिए । अर्को शब्दमा भन्नुपर्दा उनी स्थापकका विरुद्ध आवाज उठाउन सक्ने व्यक्ति थिए ।

आजको समयमा अशोक कुमार र विशन वेदीको समान हैसियतमा आउन सक्ने मान्छे कहाँ छन् ? आजका कलाकार र क्रिकेटहरू राज्यसत्ताको गलत कामका विरुद्ध आवाज बुलन्द बनाउनुको सट्टा सत्ताकै पिछलग्गु भइरहेका छन् ।

यसको पछिल्लो उदाहरण किसान आन्दोलन देखिएको छ । वर्षौदेखि हजारौँ किसान आत्महत्या गरेर मर्दा एक शब्द नबोलेका व्यक्ति आज किसान आन्दोलनका विषयमा मुखर किन भइरहेका छन् ? केन्द्र सरकारको एक अङ्ग जसरी उनीहरूले आफ्नो अभिव्यक्ति दिइरहेका छन् ।

आन्दोलनका विषयमा भारतीय कलाकारले आफ्नो दिमाग लगाउनुभन्दा पनि उनीहरू कतैबाट सञ्चालित भएको हो कि भन्ने आशंका जन्मिन्छ । आफ्नो चरित्र व्यवस्थापनको मनरोग लागेको वर्तमान शासन व्यवस्थामा हाम्रा धेरै लोकप्रिय कलाकार पनि सत्ताको गोटी बनेका छन् ।

खासगरी एक अन्तर्राष्ट्रिय कलाकार रिहानाले समाजिक सञ्जालमार्फत किसान आन्दोलनको पक्षमा आफ्नो मत दिएपछि भारतका कलाकारहरू त्यो मतका विपक्षामा उभिएका छन् ।

त्यस किसिमको अभिव्यक्तिले आफ्नै खरो दिमागको प्रदर्शन गरेको शायदै बुझेका छन् उनीहरूले । आन्दोलनका विषयमा भारतीय कलाकारले आफ्नो दिमाग लगाउनुभन्दा पनि उनीहरू कतैबाट सञ्चालित भएको हो कि भन्ने आशंका जन्मिन्छ । आफ्नो चरित्र व्यवस्थापनको मनरोग लागेको वर्तमान शासन व्यवस्थामा हाम्रा धेरै लोकप्रिय कलाकार पनि सत्ताको गोटी बनेका छन् । शायद आजको अभिव्यक्तिले भविष्यमा पर्न सक्ने प्रभाव मूल्यांकन गरेर कलाकारहरूले यस्तो व्यवहार देखाएका पो हुन् कि !

सन् २०१४ अघि यस्तो अवस्था थिएन । लोकप्रिय कलाकारसँग सहकार्य गर्न अथवा उनीहरूलाई नियन्त्रणमा राख्न राजनीतिक दल पहिलेदेखि नै अग्रसर थिए । तर, कलाकारलाई आफ्नो आन्तरिक नीतिमा नै प्रयोग गर्न खोजिएको भने यो पहिलो पटक हो ।

जब राज्यले आफ्नो विचारसँग सहमति राख्ने व्यक्तिहरूको संरक्षण गर्छ संरक्षित व्यक्तिलाई आफ्नो नेता नै महान हो भन्ने विचार आउनु अस्वाभाविक हुँदैन । यस्तो अवस्थामा संरक्षण पाएका व्यक्तिले आफ्नो नेताको आलोचना गर्ने व्यक्तिलाई तारो बनाउने विषय नौलो हुँदैन । किनभने, उनीहरूलाई आफ्नै नेताजस्तो भन्नु छ ।

भविष्यमा आउन सक्ने प्रभावका कारण कालाकारहरू सत्ता विरुद्ध आवाज निकाल्न सकिरहेका छैनन् । करछली जस्ता अन्य धेरै विषय छन्, जुन सत्ताले लोकप्रिय एवं धनी व्यक्तिलाई नियन्त्रणमा राख्ने उपायका रूपमा प्रयोग गर्छ ।

सत्ताले एउटा कालाकारलाई कसरी आतंकित बनाउन सक्छ भन्ने उदाहरणका लागि रिया चक्रवर्तीको गत वर्षको घटना नै काफी छ । लागू औषध विभागले उनको घरको ढोका कसरी ढक्ढक्याएको थियो भन्ने सार्वजनिक भइसकेको विषय हो ।

कलाकारलाई हेप्ने र आतंकित बनाउने विषयमा सत्तारुढ दल एक्लै दोषी छैन । राज्यले प्रोत्साहन गरेको सामाजिक सञ्जाल प्रयोगकर्ता छन्, स्वचालित भिजलान्ते समूह छ जसले इन्टरनेटका माध्यमबाट कलाकारलाई दुःख दिने प्रयास गर्छन् ।

यस्तो समस्या निम्तिनुमा साझा कारण छ । त्यो हो राष्ट्रवादको सही अर्थ नबुझेका बहुमत जनता राष्ट्रवादी नाराले ओतप्रोत छन् । राष्ट्रका विपक्षमा बोल्नु उनीहरूका लागि अभिव्यक्ति स्वतन्त्रता विरुद्धको कदम हो । हलिउडमा सत्ताका विरुद्ध र सत्यका पक्षमा बोल्ने कलाकार सम्मानित हुन्छन्, हाम्रोमा प्रतिबन्धित ।

विरोधाभाषपूर्ण कुरा त के छ भने वर्तमान अवस्था अझ भनौँ, किसान आन्दोलनका विषयमा वर्गका कलाकार मौन रहँदा दोस्रो दर्जाका कलाकार मुखरित भइरहेका छन् ।

केही वर्षअघि देशमा बढ्दै गरेको जातीय र धार्मिक हिंसाका विषयमा साहरूख खान र आमीर खान बोल्दा उनीहरूलाई कस्तो आरोप लगाइएको थियो, एकचोटी सम्झनुहोस् त ! हिन्दुत्वको विचारसँग सहमत राख्ने व्यक्तिहरूले दुवै कलाकारलाई देशमा धार्मिक हिंसा फैलाउने प्रयास गरेको आरोप लगाएका थिए । ती व्यक्तिहरूले दुवै कलाकारको फिल्म बहिष्कार गर्ने धम्की दिँदै उनीहरू आबद्ध रहेको ठूला विज्ञापन पनि खोस्ने प्रयास गरेका थिए ।

देशको अवस्थाका विषयमा बोल्दा उनीहरूको आर्थिक सहजताप्रति नै आक्रमण गरिएको थियो । व्यावसायिक चलचित्रमा पर्ने असरका कारण पनि हुनसक्छ, कलाकार जोमिख मोल्न चाहँदैनन् । आफ्नो एक फिल्म प्रदर्शनअघि राज ठाकरेलाई मराठी गुन्डा भनेका करन जोहर जस्ता ठूला निर्माताले आफ्नो वचनप्रति क्षमा याचना गर्नुपरेको थियो ।

विरोधाभाषपूर्ण कुरा त के छ भने वर्तमान अवस्था अझ भनौँ, किसान आन्दोलनका विषयमा ‘क’ वर्गका कलाकार मौन रहँदा दोस्रो दर्जाका कलाकार मुखरित भइरहेका छन् । उनीहरूसँग गुमाउन पर्ने कुरा थोरै हुँदा पनि त्यो हिसाबमा अघि आएका हुन सक्छन् । उदाहरणका लागि हामी ‘स्ट्यान्ड अप’ कमेडियन कुनाल काम्रालाई लिन सक्छौँ । सर्वोच्च अदालतले मानहानीको मुद्दा दायर गर्दा पनि उनले आफ्नो मनोरञ्जक सामग्री बनाउन छाडेका छैनन् ।

अन्य कलाकार सर्वोच्चको कदमपछि रोईकराई गरिरहेका छन् । अर्कोतर्फ मुनब्बर फारुकी जस्ता स्ट्यान्ड अप कमेडियनलाई नदिएको प्रस्तुतिका विरुद्ध मुद्दा लगाइँदा एक महिनाभन्दा बढी समय जेल सजाय भोगिसकेका छन् । यस्तो बेला शायद अक्षय कुमारले ‘ए कहाँ आ गए हाम्’ भन्ने गीत गुनगुनाइरहेका होलान् !

कलाकार सत्ताको अगाडि झुकिरहँदा सरकारसँग आश्रित हुनु नपर्ने क्रिकेटर किन झुकिरहेका छन् ? क्रिकेट बोर्डको अध्यक्षमा देशकै दोस्रो शक्तिशाली व्यक्तिका छोरा नियुक्त हुँदा के हामी क्रिकेटरले खेलअघिको प्रिम्याच पत्रकार सम्मेलनमा किसान आन्दोलनको विषयमा बोलून् भन्ने अपेक्षा राखिरहेका छौँ !

(राजदीप सरदेसाई भारतका वरिष्ठ पत्रकार हुन् । १२ फेब्रुओरी २०२१ मा हिन्दुस्तान टाइम्समा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)  


भर्खर

0