सेञ्चुरी कमर्सियल बैंकको साधारणसभा सम्पन्न | Khabarhub Khabarhub

सेञ्चुरी कमर्सियल बैंकको साधारणसभा सम्पन्न


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेञ्चुरी कमर्सियल बैंकको नवौ तथा दशौं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।

बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले शेयरधनीलाई आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट चुक्तापुँजी रकम ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६ रुपैयाँ ३० पैसामा ४.७५ प्रतिशत नगद लाभांश(करसहित) र २ प्रतिशत बोनश शेयर तथा उक्त बोनश शेयर वितरण पश्चात् हुन आउने चुक्तापुँजी रकम ८ अर्ब ५८ करोडा ३७ लाख ८१ हजार रुपैयाँमा आर्थिक वर्ष २०७६/७७को मुनाफाबाट ५.२५ प्रतिशत बराबरको बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सानहिसाब र नगद प्रवाह विवरण बाँडफाटलगायतका प्रतिवेदन पारित गरेको छ ।

यससाधारण सभाले संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्न तीन जना संचालक रमेशकुमार निरौला, मनबहादुर राई र रणबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप ८२.४२ अर्ब र कर्जा रकम ६६.९३ अर्ब परिचालन गरी २२.०२ करोड मुनाफाआर्जन गर्न सफल भएको छ ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  ११ : २५ बजे

सुर्खेतमा ‘एन्फा महिला लिग’ आजदेखि

कर्णाली– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग-२०२४ छनोट

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न