सामुदायीक आईसोलेसन बन्द, संक्रमित घरैमा | Khabarhub Khabarhub

सामुदायीक आईसोलेसन बन्द, संक्रमित घरैमा



झापा– कोरोना भाइरसको महामारी नियन्त्रणमा आएको ठहर गर्दै झापाका सवै सामुदायीक आईसोलेसन तथा क्वारेन्टीन बन्द गरिएका छन् ।

गत वर्षको चैत महीनादेखि सञ्चालनमा ल्याईएका यस्ता आईसोलेसन र क्वारेन्टीन अधिकांश विद्यालयहरुमा रहेका थिए । विद्यालय सञ्चालन गर्नु पर्ने भएकाले पनि त्यस्ता स्थानमा अघिल्लो महीनानै बन्द गरिएको थियो ।

तर अन्य केही सामाजिक संस्थामा आईसोलेसन सञ्चालनमा रहेको भए पनि होम आईसोलेसननै उपयोगमा ल्याउने योजना सहित सवै सार्वजनिक तथा सामुदायीक केन्द्रहरु बन्द गरिएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए ।

महामारी एकहद सम्म नियन्त्रणमा आएको र आईसोलेसन तथा क्वारेन्टीन रहेका भवनहरुमा नियमित कार्यसञ्चालन समेत हुने भएपछि संक्रमितहरुलाई घरैमा स्वास्थ्यलाभ गर्न प्रेरित गरिएको उनले बताए ।

जिल्लाका सुरुङ्गा र भद्रपुरमा रहेका पीसीआर परीक्षण ल्याव सञ्चालनमा रहेको र मेची अस्पतालमा आवश्यक उपचारको पनि व्यवस्था मिलाईएकाले हाल झापामा कोरोनाबाट त्रसित हुनु पर्ने अवस्था नरहेको उनले जनाए ।

सामुदायीक आईसोलेसन तथा क्वारेन्टीन बन्द भएकै कारण हाल सक्रिय संक्रमितहरु घरैमा स्वास्थ्य लाभको क्रममा रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका कोरोना फोकल पर्सन जीवन चौँलागाईका अनुसार २३ पुष सम्ममा १ सय ६७ जना सक्रिय संक्रमित होम आईसोलेसनमा रहेका छन् ।

नगरको अस्पताल सञ्चालनमा
आफ्नै कोभिड उपचार केन्द्र (अस्पताल) सञ्चालन गरेको दमक नगरपालिकाले भने क्वारेन्टीन तथा आईसोलेसन केन्द्रहरु बन्द गरिए पनि अस्पतालको सेवा नियमित रहेको जनाएको छ ।

दमक अस्पताल अन्तर्गत सञ्चालनमा रहेको दमक–२ को उपचार केन्द्रमा हाल सम्म ४० जनाले उपचार गराएको अस्पताल सञ्चालक समिति अध्यक्षसमेत रहेकी नगर उपप्रमुख गीता अधिकारीले जानकारी दिएकी छन् । ती मध्ये १ जनाको मृत्यु भएको, ३ जना अन्यत्र रेफर गरिएको र ३६ जना संक्रमण मुक्त भएको उनले बताएकी छन् ।

४५५४ संक्रमित, १२६ को मृत्यु
गत बैशाख महीनामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको झापामा हाल सम्म ४ हजार ५ सय ५४ जना संक्रमित भएका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार हाल सम्म झापामा ३५ हजार ६ सय ५८ जनाको पीसीआर परीक्षण गरिएको छ । ती मध्ये ४ हजार ५ सय ५४ जनामा संक्रमण पुष्टि भएको फोकल पर्सन चौलागाँईले जानकारी दिए ।

संक्रमित मध्ये ४ हजार २ सय ५२ जना संक्रमण मुक्त भएका छन् भने १ सय २६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  १० : ०५ बजे

‘हिमालयन हाइड्रो एक्स्पो-२०२४’ सुरु

काठमाडौं– काठमाडौँ–विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु

कतारका अमिर स्वदेश फिर्ता

काठमाडौं– मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी

‘डिप फेक’को शिकार बने रणवीर  

काठमाडौं– एकपछि अर्को गर्दै बलिउड कलाकारहरु ‘डिप फेक’ भिडियोको शिकार

एक जना मन्त्री सहित सरकार विस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

कर्णाली– सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका यामलाल

विपक्षीले अपव्याख्या गरे, हाम्रो सरकार २०८४ सम्म जान्छ : खगराज अधिकारी

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेकपा (एमाले) बाट लाभका