चीनसँग प्रतिवादविहीन पश्चिमा मुलुक « Khabarhub
Logo
११ माघ २०७७, आइतबार

चीनसँग प्रतिवादविहीन पश्चिमा मुलुक



हामी विश्व आर्थिक संकटपछि विश्वलाई नै प्रभावमा पार्ने खराब वर्षमा प्रवेश गर्दैछौँ । सापट लिने प्रवृत्ति अकाशिएको छ ।

दोहोरिरहेको लकडाउन र सार्वजनिक स्वास्थ्यको क्षेत्रमा बढेको समस्याले सामाजिक अस्थिरता बढाएको छ । वैश्विक अर्थव्यवस्थामा आएको ठूलो दमन अविश्वसनीय छ ।

महामारीको अन्त्यपछि पनि हाम्रो सामाजिक र आर्थिक जीवनमा यसको प्रभाव कस्तो पर्छ भनेर हामीले सोचेका छैनौँ । हामी सरकार, विद्वत वर्ग र सञ्चार माध्यमले यो महामारी कसले ल्यायो भन्ने विषयमा मात्रै छलफल गरेको सुन्छौँ ।

पश्चिमा देशहरूले चीनको आलोचना गर्ने विषयमा अपनाएको संयमलाई चीनसँग रहेको उसको अन्तरनिर्भता कारण हो भन्न सकिन्छ । पश्चिमा देशको अर्थतन्त्र पूर्णरूपमा चीनसँग जोडिएको हुँदा पनि चीनको आलोचना गर्ने विषयमा उनीहरू सचेत छन् ।

चीनका उत्पादन वा बजार पश्चिमा देशका लागि महत्वपूर्ण छन् । महामारीले पनि विश्वलाई आवश्यक पर्ने प्रमुख वस्तुहरू चीनबाट मात्रै धेरै निर्यात हुने कुरा प्रष्ट्याएको छ । चीन हाल विश्वका लागि आवश्यक पर्ने औषधिजन्य वस्तुको प्रमुख निर्यातकर्ता हो ।

आन्तरिक राजनीतिको छेदबाट फाइदा लिएको चीनले सौद्धान्तिक विषयमा एक हुन नसकेका पश्चिमाको यही कमजोरीको उपयोग गरेको छ ।

यसका साथै स्वास्थ्यकर्मीहरूले प्रयोग गर्ने स्वास्थ्य सुरक्षा सामग्रीका कारण पनि औषधिजन्य वस्तुमा चीनको एकाधिकार कायम भएको हो । पश्चिमा देशले चीनको आलोचना नगर्नुको अर्को कारण चीनले अमेरिकामा मात्रै होइन युरोपको पनि नीतिगत बहसको विषय निर्धारण गर्ने गरेको छ ।

आन्तरिकरूपमा विभाजित देशको हकमा त्यसैमा टेकेर चीन खेल्ने गरेको छ । त्यसै कारण पनि पश्चिमा देश चीनले बढाउँदै गरेको खतराका विषयमा मुखररूपमा प्रतिवाद गर्न हिच्किचाएका छन् । आन्तरिक राजनीतिको छेदबाट फाइदा लिएको चीनले सौद्धान्तिक विषयमा एक हुन नसकेका पश्चिमाको यही कमजोरीको उपयोग गरेको छ ।

चीन अमेरिकाका लागि मात्रै होइन विश्वका अन्य प्रजातान्त्रिक देशका लागि पनि खतरा भएको छ । पछिल्लो समय चीनमा बढेको पश्चिमा देशको, त्यसमा पनि अमेरिका र युरोपियन युनियनको, लगानीका कारण पनि महामारीमा चीनलाई पश्चिमा देशले दबाब दिन नसकेका हुन् । चीनबाट आपूर्ति शृङ्खला डिकप्लिङ गर्ने प्रयास त्यसै कारण भएको हो । यसको प्रभाव निकट भविष्यमा देखिने नै छ ।

संयुक्त राज्य अमेरिका चीनलाई आर्थिक र सैन्य खतराको पुञ्ज मान्छ । सिधा भन्नुपर्दा अमेरिकाका लागि चीनको अर्थतन्त्र नै चुनौती हो । क्रय शक्तिका आधारमा चीनको अर्थतन्त्र अमेरिकाको भन्दा ट्रिलियन डलर ठूलो छ । उसले आफ्नो आर्थिक शक्तिलाई सैन्य शक्तिमा रूपान्तरण गर्दैछ ।

यी सबै कारणका बाबजुद प्रजातान्त्रिक देशले कोरोना महामारीका लागि चीनलाई जिम्मेवार ठहर्‍याउन सकेका छैनन् । यसको प्रमुख कारण भनेको पश्चिमा देश, खासगरी अमेरिका र युरोप, बीच चीन एक सम्भावित खतरा हो भन्ने विषयमा मतैक्य नहुनु नै हो ।

संयुक्त राज्य अमेरिका चीनलाई आर्थिक र सैन्य खतराको पुञ्ज मान्छ । सिधा भन्नुपर्दा अमेरिकाका लागि चीनको अर्थतन्त्र नै चुनौती हो । क्रय शक्तिका आधारमा चीनको अर्थतन्त्र अमेरिकाको भन्दा ट्रिलियन डलर ठूलो छ । उसले आफ्नो आर्थिक शक्तिलाई सैन्य शक्तिमा रूपान्तरण गर्दैछ ।

चीनको बढ्दो सैन्य शक्ति र त्यसको बलमा उसले एसिया, अफ्रिका, मेडिटेरियन र युरोपमा आफ्नो भूराजनीतिक प्रभाव बढाउँदै गरेको स्पष्ट देख्न सकिन्छ । खास गरी अमेरिकाको भन्दा चीनको सामुद्रिक शक्ति ठूलो रहेको अवस्थामा चीनले अत्यधिक मात्रामा निर्माण गर्दै गरेका पानी जहाज अमेरिकाका लागि टाउको दुखाइको विषय हो ।

प्राविधिकरूपमा अमेरिकी सेनाकै हाराहारीमा चिनियाँ सेना पनि मजबुत हुँदैछ । अमेरिकाले आफ्नो समाजको हरेक तप्कामा चिनियाँहरूप्रति देखाएको हार्दिकताका कारण आज अमेरिकाको भन्दा आधुनिक हिसाबमा अनुसन्धान र तथ्याङ्क (आर एण्ड डि) चीनले हासिल गर्न लागेको छ । यसले गर्दा केही समयमै प्राविधिक र आविष्कारका क्षेत्रमा चीनले अमेरिकालाई उछिन्ने ल्याकत राख्न सक्छ ।

हामीले हाम्रो राष्ट्रिय स्वार्थलाई कम महत्व दिँदै भूमण्डलीकरणलाई प्रश्रय दिँदाको नतिजा गुणस्तरका हिसाबमा अमेरिकी हतियारकै दाँजोमा चिनियाँ हतियार आइपुगेका छन् ।

समग्रमा अमेरिकालाई र आमरूपमा अन्य प्रजातान्त्रिक देशसामु चीनले प्रस्तुत गरेको चुनौती शीतयुद्धका क्रममा वार्सा प्याक्टले नाटोलाई दिएको चुनौतीभन्दा फरक र खतरापूर्ण छ

अमेरिकाले चीनलाई समग्र खतराको रूपमा महसुस गर्दैगर्दा युरोप चीनलाई आर्थिक समस्याको मात्र कारण मान्दछ भने कतिपय अवस्थामा अवसरको रूपमा पनि । एसियाको बजारसम्म पहुँच पाउन युरोपियन उत्पादन र निर्यातका लागि चीन महत्वपूर्ण मानिन्छ । एसियाली बजारसम्मको पहुँचविना युरोपियन सामाजिक बजार मोडल र त्यसमा आराम गर्ने उसको राजनीतिक सहमति टिकाइराख्न मुश्किल हुनेछ ।

त्यसैले पनि युरोपियनहरू अमेरिका र चीनबीचको सैन्य टकरावलाई बढावा दिने आयाममा बच्न चाहन्छन् । युरोपियनहरूले चीनमा गरेको लगानी र उनीहरूलाई चिनियाँ बजारको आवश्यकता (चीन जर्मनीको सबैभन्दा ठूलो आयातकर्ता हो) का कारण चीनले युरोपमा आफ्नो प्रभाव बढाएको हो । संयुक्त राज्य अमेरिका जस्तै युरोपियन युनियनले पनि यथास्थितिको विषयमा वकालतलाई निरन्तरता दिएका छन् ।

समग्रमा अमेरिकालाई र आमरूपमा अन्य प्रजातान्त्रिक देशसामु चीनले प्रस्तुत गरेको चुनौती शीतयुद्धका क्रममा वार्सा प्याक्टले नाटोलाई दिएको चुनौतीभन्दा फरक र खतरापूर्ण छ । अमेरिका लगातार दुई दशकसम्म विश्व रङ्गमञ्चको अर्को क्षेत्रमा युद्धमा रह्यो, जहाँ उसले खर्बौं अमेरिकी डलर  निवेश गर्‍यो । अर्कोतिर सैन्य शक्ति पुनःसंरचना गर्दा चीन विश्व शक्तिका रूपमा उदय भयो ।

शीत युद्धका क्रममा अमेरिकाले उसको तागतसँग सामना गर्न सक्ने एकमात्र शक्तिराष्ट्र सोभियत युनियनसँग प्रतिस्पर्धा गरेको थियो । उक्त समयमा माओको चीन मुश्किलले क्षेत्रीय शक्ति थियो ।

निक्सन–किसिन्जर रणनीतिक सफलताका कारण अमेरिका चीनलाई आफ्नो खेमामा तान्न सफल भयो जसका कारण तुलनात्मकरूपमा कम खर्चमा अमेरिकाले शीत युद्धमा विजय हासिल गर्‍यो । अहिले सैन्य क्षेत्रमा अमेरिका रसिया र चीनसँग संयुक्तरूपमा प्रतिस्पर्धा गर्नुपर्ने स्थितिमा छ । रसिया शीत युद्धकालअघिको स्थिति उल्टाउने चाहना राख्छ भने चीनले पूर्णरूपमा विश्व व्यवस्थालाई आफू अनुकूल बनाउने महत्वकाङ्क्षा पालेको छ ।

चीनले बढाउँदै गरेको सुरक्षा चुनौतीको सामना गर्ने मामिलामा पश्चिमा देशबीच मतैक्य छैन । यसकारण यो अन्तर्राष्ट्रिय व्यवस्था कायम राख्ने विषयमा नाटो र ट्रान्सएटलान्टिक संघलाई एकजुट भएर काम गर्न नै चुनौती थपिदिएको छ ।

संयुक्त रणनीतिको अभावमा पश्चिमा देशहरू समस्यामा पर्न सक्छन् । यसमा सहमतिको अभावमा बेइजिङले खेल्ने ठाउँ पाउनेछ र अरूको नीतिगत फरकपन र भिन्न आर्थिक प्राथमिकताका कारण लाभ उठाउन सक्षम हुनेछ ।

(मिच्ता जर्ज सी मार्शल युरोपियन सुरक्षा अध्ययन केन्द्रका डीन हुन् । जनवरी ९, २०२१ मा द न्याशनल इन्ट्रेस्टमा प्रकाशित यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

 

 

 


भर्खर

0