माघे संक्रान्तिले आपसी एकता र सद्‌भाव अभिवृद्धि होस- राष्ट्रपति भण्डारी | Khabarhub Khabarhub

माघे संक्रान्तिले आपसी एकता र सद्‌भाव अभिवृद्धि होस- राष्ट्रपति भण्डारी


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले माघे संक्रान्तिले आपसी एकता र सद्भाव अभिवृद्धि गर्न मद्दत मिल्ने अपेक्षा गरेकी छन् ।

माघे संक्रान्तिका अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले  नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघे संक्रान्ति एवं माघीले मुलुकको एकता अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरेकी हुन् ।

उनले पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

यस चाडले नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गरी सामाजिक सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास राष्ट्रपतिले व्यक्त गरेकी छन् ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  ६ : २० बजे

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज