एमाले महाधिवेशन स्थलमा प्रतिनिधि हुन तछाड मछाड « Khabarhub

एमाले महाधिवेशन स्थलमा प्रतिनिधि हुन तछाड मछाड

२८ कोटामा २०६ जनाको उम्मेदवारी


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन १०–१२ मंसिरसम्म चितवनमा हुँदैछ ।

त्यसका लागि एमालेले आज देशभर महाधिवेशन प्रतिनिधि छनोट गर्दैछ । चितवनबाट महाधिवेशनमा २८ जना प्रतिनिधि जानुपर्नेमा सात गुणा बढीको मनोनयन पत्र दर्ता भएको छ । एमाले महाधिवेशन स्थलमै प्रतिनिधि हुन तछाड मछाम देखिएको छ ।

२८ जना प्रतिनिधिको लागि २०६ जनाको मनोनयन पत्र दर्ता भएको एमाले चितवनले जनाएको छ । एमालेकाअनुसार महाधिवेशन प्रतिनिधिका लागि चितवन निर्वाचन क्षेत्र नं १ बाट १० जना, क्षेत्र नं २ बाट ९ जना, क्षेत्र नं ३ बाट सात जना र समग्र दलित तथा उत्पीडन क्षेत्रबाट दुई जनाको कोटा रहेको छ ।

शनिबार भएको मनोनयन पत्र दर्तामा भने क्षेत्र नं १ मा ६५ जना, क्षेत्र नं २ मा ७० जना, क्षेत्र नं ३ मा ६० जना र दलित तथा उत्पीडन क्षेत्रबाट ११ जनाको उम्मेदवारी दर्ता भएको एमाले चितवनकी अध्यक्ष पार्वती रावलले बताइन् । ‘महाधिवेशन प्रतिनिधिका लागि धेरैले इच्छा देखाउनु भएको छ । धेरैको मनोनयन दर्ता भएको छ । समझदारी जुटाएर प्रतिनिधि छनोट गर्नका लागि हामी छलफलमा छौँ,’ उनले भनिन् ।

आवश्यकभन्दा अत्यधिक बढीको मनोनयन पत्र दर्ता भएपछि नेताहरु समझदारी जुटाएर प्रतिनिधि छनोट गर्ने कार्यमा लागेका छन् । दलित तथा उत्पीडन क्षेत्रबाट दुई जनामध्ये शिवकुमारी गोतामे छनोट भइसकेकी छन् । बाँकी एक जना छनोटका लागि छलफल भइरहेको छ ।

निर्वाचन क्षेत्रमा पनि प्रतिनिधि चयनको लागि छलफल भइरहेको सम्बन्धित क्षेत्रका प्रतिनिधि छनोट समितिका संयोजकले बताएका छन् ।

क्षेत्र नं ३ मा आइतबार बिहानसम्ममा प्रतिनिधि चयनको काम सम्पन्न हुने देवी ज्ञवालीले जानकारी दिए । क्षेत्र नं १ र २ मा पनि समझदारी जुटाएर प्रतिनिधि छनोट गर्न नेताहरु लागि परेका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ४ : ३८ बजे

छिटफुट घटनालाई लिएर निर्वाचनको समग्र प्रक्रियामा टिप्पणी गर्नु उपयुक्त हुँदैन : प्रधानमन्त्री देउवा

काठमाडौं- प्रधानमन्त्री शेर बहादुर देउवाले सीमित स्रोत, साधनको बीचमा पनि

अनुसन्धान समिति गठनपछि दाहालको शव बुझ्न आफन्त तयार 

काठमाडौँ- शंकास्पद अवस्थामा मृत फेला परेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

बारामा दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना, एउटा जलेर नष्ट

काठमाडौं– बाराको जितपुर सिमरा उपमहानगरपालिकामा दुई ट्रक एक आपसमा ठोक्किएर

नाइजेरियाको चर्चमा भागदौड हुँदा ३१ जनाको मृत्यु

काठमाडौँ- नाइजेरियाको एक चर्चमा भागदौड हुँदा कम्तीमा ३१ जनाको मृत्यु

प्रतिनिधि सभाबाट बहुमतले नीति तथा कार्यक्रम पारित, भोलि बजेट आउने

काठमाडौं- संघीय संसद्को प्रतिनिधि सभाले सरकारले आगामी आर्थिक वर्षका लागि