अमेरिकी शत्रुतापूर्ण नीतिविरुद्ध अजय सेनाको अवधारणा आएको होः किम जोङ उन | Khabarhub Khabarhub

अमेरिकी शत्रुतापूर्ण नीतिविरुद्ध अजय सेनाको अवधारणा आएको होः किम जोङ उन


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले अमेरिकी शत्रुतापूर्ण नीतिविरुद्ध अजय सेना विकास गर्न लागिएको बताएका छन् । तर, यस्तो सेना हतियार विकासभन्दा पनि आफ्नो देशको सुरक्षामा केन्द्रीत हुने उनले बताएका छन् ।

‘हामी कुनै देशसँग युद्ध गर्दैनौं, बरु युद्ध रोक्न र राष्ट्रिय सार्वभौमसत्ता जोगाउनका लागि काम गरिरहेका छौं,’ उनले भने ।

मंगलबार राजधानी प्योङयाङमा आयोजित आत्मसुरक्षा सम्बन्धी २०२१ सैन्य प्रदर्शनीमा किमले अजय सेना घोषणा गरेका थिए ।

यसअघि उत्तरले आवाजभन्दा पनि चाँडो पुग्ने हाईपरसेनिक र शत्रुको विमान झार्न सक्ने क्षेप्यास्त्र विकास गरेको जनाएको थियो । उत्तरको विकासले छिमेकी दक्षिण कोरिया र जापानले आपत्ति जनाएका थिए ।

छिमेकी मुलुकसँग उत्तरले युद्ध नगर्ने उनले बताए । तर, उनले अमेरिकाको भने चर्को आलोचना गरे । अमेरिकाले प्योङयाङसँग वार्ता गर्नका लागि आफूमाथि लगाएको प्रतिबन्ध हटाउनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ५ : ४० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका