राष्ट्रसंघद्वारा मालीको शान्ति सम्झौताको स्वागत | Khabarhub Khabarhub

राष्ट्रसंघद्वारा मालीको शान्ति सम्झौताको स्वागत


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राष्ट्रसंघले मालीको शान्ति सम्झौताको स्वागत गरेको छ । मालीमा यसअघि भएको शान्ति सम्झौता बमोजिम नै यहाँका अधिकारीहरुले थप तयारी गरेका छन् ।

उक्त सम्झौताप्रति व्यक्त गरेको प्रतिबद्धताको संयुक्त राष्ट्रसंघले स्वागत गरेको हो । यहाँका राजनीतिक दलहरुले पनि यस सम्झौता बमोजिम अघि बढ्ने र विद्रोहीहरुलाई यहाँको राष्ट्रिय सेनामा समायोजन गर्ने तयारी गरेका छन् ।

उक्त शान्ति सम्झौता र पछिल्लो समयमा यसबमोजिम गरिएको तयारीको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले स्वागत गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले मंगलबार सो कुराको जानकारी दिए ।

महासचिव गुटेर्रेसले मालीका राजनीतिक दल, त्यहाँको सरकार र विद्रोही पक्षबाट पनि सो सम्झौताबमोजिम अघि बढ्ने पुनः प्रतिबद्धता आएकाले त्यसको स्वागत गर्नुभएको प्रवक्ता डुजारिकले एक विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

मालीको सरकारले त्यहाँका पूर्व लडाकूहरुलाई करिब १३ हजार जनालाई यसै वर्षको अन्त्यसम्ममा सरकारमा पुनस्र्थापना गर्ने र बाँकी १३ हजार जनालाई अर्को वर्षसम्म गर्नेगरी सम्झौता गरेका छन् ।मालीमा विगत लामो समयदेखि हिंसात्मक विद्रोह जारी छ । सो विद्रोहले कैयौँ मानिसको ज्यान पनि गएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ६ : ५८ बजे

आईपिएल : पञ्जाबमाथि मुम्बई ९ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

काँक्रेविहार– भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा भेरी करिडोरमा

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : आज सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।