बसमा यात्रा गर्दा बान्ता हुँदा के गर्ने ? | Khabarhub Khabarhub

बसमा यात्रा गर्दा बान्ता हुँदा के गर्ने ?


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दशैंमा घर जाने अहिले चटारो छ । सार्वजनिक यातायातमा अहिले दशैं मान्न घर जानेहरुको भिड थेगिनसक्नु हुन्छ । यस्तोमा बसमा यात्रा गर्ने कतिपयलाई बान्ता हुने गर्दछ । प्रायजसो लामो दुरीको यात्रा गर्दा बान्ता हुने गर्दछ ।

कसैलाई यात्रामा निस्कन साथ बान्ता हुन्छ भने कसैमा लामो यात्रा गर्दा यो समस्या देखा पर्दछ । यात्रा गर्ने क्रममा बान्ता हुनु एक कष्टकर क्षण हो । यसले शरीर कमजोर बनाउने मात्र होइन यात्रा नै नरमाइलो हुन्छ ।

बान्ता हुनुअघि देखा पर्ने लक्षण :
– मुखमा पानी आउनु
– वाकवाकी लाग्नु
– टाउको दुख्नु
– छटपटि हुनुु
– पेट बाउडिने आदि

बान्ता हुनबाट बच्न के गर्ने ?
– मास्कको प्रयोग गर्ने ।
– यात्रामा अनिवार्य खाना खाने ।
– टाढाको दृश्य हेर्ने ।
– चिल्लो कम भएको खानेकुरा खाने ।
– दुग्धजन्य पदार्थ, गुलियो, कोक नखाने ।

बान्ता रोक्ने घरेलु उपाय
क) ल्वाङ
यात्रा गर्ने क्रममा ल्वाङ मुखमा राखेर चुस्नाले वाकवाकी र बान्ता हुदैन ।

ख) अदुवा
यात्रा गर्नुअघि अदुवा मिसाएको चिया खाएर यात्रा गरे बान्ता हुदैँन । साथै यात्रामा अदुवाको टुक्रका मुखमा राखेर चपाउँदा पनि बान्त हुदैँन ।

ग) धनिया
धनियाको केहि दाना मुखमा राखेर चपाउनाले पनि वाकवाकी लाग्दैन ।

घ) जामुन
जामुनको पात वा फलमा बान्ता रोक्ने औषधीय गुण हुन्छ त्यसैले जामुनको रस निकालेर पिउँदा पनि बान्ता हुदैन ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  १२ : ४१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०