ढुवानीका क्रममा मरेका १५ वटा खसी गाडियो | Khabarhub Khabarhub

ढुवानीका क्रममा मरेका १५ वटा खसी गाडियो


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दशैँका लागि काठमाडौँ ल्याउँदा ढुवानीका क्रममा मरेका १५ वटा खसी गाडिएका छन् । क्लिन नेपालका सञ्चालक पदम थापा भन्छन्, ‘ हिजो बजारबाट खवर आएपछि ७ वटा लगेर गाड्यौँ । आज विहानै ८ वटा ल्याएर गाड्ने क्रममा छन् ।’

थापाकाअनुसार गएको बर्ष कोविडका कारण बजारमा खासै चहलपहल भएन । ०७६ सालमा भने मरेका भेडा, च्याङ्ग्रा, खसी, बोका गरेर करीव ५० वटा जति मरेका चौपाया गाडिएको थियो ।

हामीलाई कलंकीबाट चाहिँ खवर आउँछ । अरुतिर पनि खसी बजार छन् । ती बजारबाट चाहिँ खवर आएको छैन । थापा भन्छन्, ‘खवर आउनेवित्तिकै हामीले टोली पठाएर मृत चौपाया उठाएर गाड्न ल्याउने गरेका छौँ ।’

काठमाडौँ महानगरपालिकाले स्वच्छ मासुका लागि चौपाया बजारमा ल्याइएका खसी बोका, भेडा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरिरहेको छ । काठमाडौँ महानगरपालिकाले संघ सरकारको पशु सेवा विभाग र वागमती प्रदेशको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग सहकार्य गरेर परीक्षण तथा अनुगमन गरिरहेको हो ।

परीक्षण गरिएकामध्ये निरोगीको सिङ्मा हरियो र रोगीको सिङ्मा रातो रङ्ग लगाउने गरिएको छ । रातो रङ्ग लगाइएका चौपायाहरु उपचारपछि विक्री योग्य हुन्छन् । महानगरका वरिष्ठ पशु चिकित्सक डा. अवधेश झा भन्छन्, बजारमा भेटिएका मृत चौपायाहरु रोगले मरेका होइनन् । ढुवानीका क्रममा च्यापिएर मरेका हुन् । जुनसुकै कारणले मरे पनि मृत चौपाया खान योग्य हुँदैनन् । त्यसैले यिनीहरुलाई गाड्ने गरिएको छ ।

नवमीसम्म चौपायाको विक्री धेरै हुने गरेको छ । कलंकी खसी बजारभित्रबाट मात्र होइन, वाहिर सडक किनाराबाट पनि व्यापारीहरुले चौपाया बेचिरहेका छन् । काठमाडौँ चौपाया खरिद विक्री प्रा. लि. का सञ्चालक व्यवस्थापक जीवन खतिवडा भन्छन्, सडकमा चौपाया विक्री रोक्नु पर्छ । यसले बजार व्यवस्थापनमा सघाउँछ ।

महानगरभित्रका दशैँ लक्षित चौपाया बजारहरु कलंकी, खाद्य संस्थान थापाथली परिसर, टुकुचा खसी बजार र बालाजु वाइपास क्षेत्र हुन् । महानगरका पशु विकास अधिकृत डम्मरबहादुर बमका अनुसार यी बजारमा विहान ७ बजेदेखि १२ बजेसम्म एउटा टोली र १२ बजेदेखि ५ बजेसम्म अर्को टोली गरेर २ वटा टोली नियमित परिचालन गरिएका छन् ।

काठमाडौँ महानगरसँगै ललितपुरको लगनखेल (मच्छिन्द्र मा. वि. पछाडि), भक्तपुरको लोकन्थली, सल्लाघारी, चाल्नाखेलको राँगा बजार, चन्द्रागिरी (थानकोट) दाउरा डिपोका चौपाया बजारमा परीक्षण भइरहेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  १ : ४७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०