गुणस्तरीय दुध नहुँदा जुजु धौँ बनाउन समस्या, दशैँमा माग दोब्बर | Khabarhub Khabarhub

गुणस्तरीय दुध नहुँदा जुजु धौँ बनाउन समस्या, दशैँमा माग दोब्बर


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– छरिएका भुस । त्यसमाथि राखिएका भेट अर्थात् दही जमाउने माटाका भाँडा । त्यही भाँडामा दही जमाउँदै छिन् लक्ष्मी सैँजु ।

लामो समयदेखि दही बनाउँदै आएकी सैँजुको दैनिकी सोही काममा व्यतित हुन्छ । हरेक दिन बिहान ६ बजेदेखि नै दही बनाउन सुरु गर्ने उनी साँझसम्म पनि त्यसैमा व्यस्त हुन्छिन् । ‘हामी अर्डर अनुसार दही बनाउछौं । दशैँ तिहारलगायत चाडपर्वमा त काम भ्याइ नभ्याई नै हुन्छ,’ उनले भनिन्, ‘चाडपर्वमा दहीको माग नै दोब्बर हुन्छ । मागअनुसार दही उत्पादन गर्छौं ।’

उनीसंगै प्रमिला राई पनि भक्तपुरे जुजु धौँ बनाउँदै आएकी छन् । नुवाकोटकी राई तीन वर्षदेखि सैँजु जुजु दही भण्डारमा आबद्ध भई दही बनाउन व्यस्त छिन् । यहाँको दही मात्रै नभई दुध पनि स्वादिष्ट हुने उनी बताउँछिन् ।

गाउँका दुध डेरीले जम्मा गरेका दुध सैँजुको दही भण्डारमा बिहानै आइपुग्छ । दुई ल्याउनुभन्दा पहिले दुबै जना भण्डारणमा गई काम गर्न थालेका हुन्छन् । कहिले एक जना सफा गर्ने त कहिले अर्को तर बिहान ६ बजेदेखि नै काम सुरु गरिसक्ने उनीहरु बताउँछन् ।

सबेरै उठेर घरको काम सकाई ६ बजेदेखि दुध तताउन आगो बाल्ने सैँजु बताउँछिन् । ‘गाउँबाट राति नै दूध आउँछ । त्यसलाई आगो बालेर ठुलो कराईमा तताउँछौ, उनले भनिन्, एक देखि डेढ घण्टा तताएपछि केही बेरा सेलाउन दिन्छौँ र दही बनाउने भाँडामा हाल्छौँ,’ उनी भन्छिन्, ‘भाँडा अनुसार दुध हाल्नुपर्छ । हामीले दहीमा चिनी मात्रै मिसाउछौं । तर आवश्यकता र स्वादअनुसार सुकमेल, नरिवललगायतको सामग्री हाल्छौँ । जुन अर्डरअनुसार हुन्छ ।’

पुर्ख्योली पेसाको रुपमा सो काम गर्दै आएकी उनी आजभोलि दहीको स्वाद र ब्राण्डमा आएको परिवर्तनमा चिन्तित छन् । उनी भन्छिन्, ‘जुजु धौँ बनाउने छुट्टै विधि छ । परम्परागत शैलीमा बनाइन्छ । तर आजभोलि नयाँ दही व्यवसायीले नाम जुजु धौँ राखेर स्वाद र सामग्री अरु नै प्रयोग गर्छन् । अनि मारमा हामी परेका छौँ ।’

जुजु धौँ बनाउनको लागि भैँसीको दुध र धेरै चिल्लो पदार्थ हुने दुध आवश्यकता भए पनि आजभोलि सोअनुसारको दुध खपत नहुने उनले सुनाइन् । यहाँ उत्पादन भएका दही भक्तपुर, काठमाडौं, ललितपुरलगायत मुलुकका विभिन्न जिल्लामा बिक्री गरिँदै आएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  १० : ५० बजे

एक जना मन्त्री सहित सरकार विस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

कर्णाली– सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका यामलाल

विपक्षीले अपव्याख्या गरे, हाम्रो सरकार २०८४ सम्म जान्छ : खगराज अधिकारी

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेकपा (एमाले) बाट लाभका

उपनिर्वाचनको आज प्रचार प्रसारको अन्तिम दिन

इलाम– इलाम क्षेत्र नम्बर-२ मा वैशाख १५ मा हुने उपनिर्वाचनका

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित 

वासिङ्टन– अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल

नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारी भएको छ