नोबेल कमिटीले देखेको पूर्वीअफ्रिकी साहित्य | Khabarhub Khabarhub

नोबेल कमिटीले देखेको पूर्वीअफ्रिकी साहित्य


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘धेरै राम्रो लागेको छ’ नोबेल पुरस्कार विजेता उपन्यासकार अब्दुल रजाक गुरनाह भन्छन्, ‘धेरै जना भेट्न आउँदा भ्याई नभ्याई भएको छ ।’

धेरै जना भेट्न आउँदा आफू धेरै व्यस्त रहेको तथा नयाँ उमङ्ग र जोस छाएको पनि उनको भनाइ छ । कपाल फुलेर सेतै भएका ७३ वर्षीय यी उपन्यासकारको जोसजाँगर अहिले पनि युवाको जस्तै छ ।

युनिभर्सिटी अफ केन्टका अवकाश प्राप्त यी प्राध्यापक दश वटा उपन्यासका लेखक हुन्, अहिले एकाएक सेलिब्रेटी बनेका छन् । नोबेल पुरस्कारको ५० वर्षे इतिहासमा यो सफलतामा पुग्ने गुरनाह चौथो अश्वेत नागरिक हुन् ।

तान्जानियाको जन्जिबारमा सन् १९५० देखि १९६० सम्म उनको बाल्यकाल बितेको थियो । सन् १९६९ देखि यो बेलायत अधीनस्थ थियो । प्रत्यक्ष शासन थिएन तर निगरानी बेलायतकै थियो ।

एक शताब्दीअघि त्यहाँको अवस्था फरक थियो । त्यो एउटा व्यापारिक हब थियो खास गरेर अरब विश्वका लागि । समृद्धिको केन्द्र हुने त्यो तान्जानियाको अवस्था फरक हुँदै थियो । साम्राज्यवादको चपेटामा तान्जानिया परेको थियो, गैरप्रजातान्त्रिक शासन भोग्न बाध्य थिए नागरिकहरू ।

सन् १९६३ मा जन्जिबार स्वतन्त्र भएको हो । तर, यसको एक वर्षपछि यसका शासक सुलतान जमसिद बर्खास्त गरिए । यसरी जन्जिबारमा विद्रोह हुँदा गुरनाह १८ वर्षका थिए । उनी किशोरावस्थामै बेलायत पुगे, त्यहीँ अध्ययन गरे । पछि त्यहीँ कलेजका प्रतिष्ठित प्राध्यापक बने र साहित्यकार भए ।

आफ्नो देशको राजनीतिक आर्थिक र सामाजिक दुरवस्था तथा बारम्बार फरक पुस्ताले भोगेका यातना र दुःख उनको मनबाट हटेन । बेलायतमा रहँदा पनि उनी यसका जानकार थिए । सन् २००१ मा गुरनाहले लेखेअनुसार त्यहाँ भएको क्रान्तिमा हजारौँ मानिस मारिएका थिए । धेरै समुदाय क्षतविक्षत भए । हजारौँ मानिसहरू जेल हालिए ।

अङ्ग्रेजी साहित्यका प्राध्यापक उनी सन् १९८६ मा ओल सोयिन्कापछि यो पुरस्कार पाउने अर्का अश्वेत हुन् ।

गुरनाहले साम्राज्यवादको प्रभाव वर्षौंसम्म कसरी पर्ने रहेछ भनेर आफ्नो लेखनमार्फत प्रस्तुत गरे । उनै गुरनाह यस वर्ष साहित्यमा नोबेल पुरस्कारका लागि छाननिए ।

स्वीडिस एकेडेमीले प्रदान गर्ने यो पुरस्कार रकम १ करोड १४ अमेरिकी डलर रहेको छ । गुरनाहका प्याराडाइज र डिजरटन सर्वाधिक लोकप्रिय पुस्तक हुन् ।

बीसौँ शताब्दीको सुरुवातमा तान्जानियमा हुर्किएको एक युवाको जीवनमा आधारित प्याराडइज सन् १९९४ मा प्रकाशनमा आएको थियो । यो पुस्तकले बुकर पुरस्कार पाएको थियो । यसैबाट उनको उपन्यास लेखन यात्राले निरन्तरता पनि पाएको थियो ।

‘अब्दुल रज्जाक गुरनाहको सत्यप्रतिको प्रतिबद्धता सहनीय छ,’ नोबेल कमिटी फर लिट्रेचरले उल्लेख गरेको छ ।

संसारका धेरै क्षेत्रमा अपरिचित रहेको पूर्वी अफ्रिकी जीवनलाई उनले आफ्ना उपन्यास मार्फत सशक्त ढङ्गले प्रस्तुत गरेका छन् । नोबेल एकेडेमीको गुरनाहप्रति औपचारिक धारणामा ‘उनले आफ्ना पात्रमार्फत राज्यले कहिल्यै समाधान गर्न नसकेको महादेश र संस्कृति तथा त्यो समयको पुस्ता र अहिले बढ्दै गरेको पुस्ताबीचको विरोधाभासमाथि बलियो प्रहार गरेका छन्’ भनेको छ ।

जन्जिबारमा सन् १९४८ मा जन्मिएका गुरनाह शरणार्थीको रूपमा ६० को दशकको अन्त्यमा बेलायत पुगेका हुन् । अङ्ग्रेजी साहित्यका प्राध्यापक उनी सन् १९८६ मा ओल सोयिन्कापछि यो पुरस्कार पाउने अर्का अश्वेत हुन् ।

गुरनाहले आफूले पुरस्कार पाउनुको पाउनुको मतलब साम्राज्यवाद र शरणार्थीको जीवनबारे आफूले भोगेको यथार्थ छलफलको विषय बनेको प्रतिक्रिया दिएका छन् । ‘हाम्रा जीवनमाथि दैनिक केही समस्या छन् । मान्छे मरिरहेका छन् र घाइते भएका छन् ।

यिनीहरूमाथि दया राखेर समस्याको समाधान खोज्नु पर्छ,’ पूर्वीअफ्रिकी जीवनको वर्षौंदेखिको समस्याका बारे उनी भन्छन्, ‘संयोगवश म शरण खोज्दै बेलायत आइपुगेँ । थुप्रै आतङ्कित राज्यमा अहिले पनि धेरै जना प्रताडित भइरहेका छन् ।’

उनका विचारमा ६० को दशकमा भन्दा अहिलेको संसार धेरै हिंसात्मक छ । सन् २०१६ मा उनलाई औपनिवेशिक लेखक या विश्वस्तरीय साहित्यकारमध्ये कुन परिचय मन पर्छ भन्ने प्रश्न सोद्धा आफूलाई कुनै खास विशेषको लेखकका रूपमा चिनाउन आवश्यक नरहेको प्रतिक्रिया दिएका थिए ।

उनले आफू आफ्नै नामबाट मात्र चिनिन चाहेको बताउने गरेका छन् । सन् १९०१ देखि प्रदान गर्न थालिएको नोबेल पुरस्कार गत वर्ष साहित्यतर्फ अमेरिकी कवि लाउसी ग्लकले जितेका थिए ।

एक शताब्दीअघि दिन सुरु भएको साहित्यको नोबेल पुरस्कार सम्बन्धी केही रोचक तथ्य पनि नरहेका होइनन् । हालसम्म सबैभन्दा कम उमेरमा साहित्यको नोबेल पुरस्कार पाउनेमा रुडयार्ड किपलिङ हुन् । उनले १९०७ मा ४२ वर्षको उमेरमा उक्त पुरस्कार पाएका थिए ।

गुरनाहले साम्राज्यवादको प्रभाव वर्षौंसम्म कसरी पर्ने रहेछ भनेर आफ्नो लेखनमा प्रकाश पारे । उनी नोबेल पुरस्कार पाउने चौथो अश्वेत हुन् । उनले संसारमा अपरिचित झैँ रहेको पूर्वीअफ्रिकी जीवनलाई आफ्ना उपन्यासमा सशक्त ढङ्गले प्रस्तुत गरेका छन् ।

यसै गरी सबैभन्दा बढी उमेरमा साहित्यको नोबेल पुरस्कार पाउने डोरिस लेसिङ हुन् । सन् १९०४ मा फ्रेडेरिक मिस्ट्राल र जोसे इचेगेरी तथा १९१७ मा कार्ल जेरप र हेनरी कपोन्टोपेडानबीच पुरस्कार बाँडफाँड भएको थियो । सन् १९६६ मा स्युमल एगनन र नेली साँच तथा १९७४ मा एभिन्ड जोन्सन र हेरी मार्टिन्सनले बाँडफाँड गरेका थिए ।

पहिलो पटक साहित्यको नोबेल पुरस्कार पाउने महिला सेल्मा लेगरफ हुन् । उनले सन् १९०९ मा पुरस्कार पाएकी हुन् । पछि उनी अन्य नोबेल पुरस्कार छनोट गर्न स्वीडिस एकेडेमीमा छनोट भएकी थिइन् ।

अहिलेसम्म दुई जनाले नोबेल पुरस्कार बहिस्कार गरेका छन् । सन् १९५८ मा उनको देश रुसले पुरस्कार बहिस्कार गर्न दबाब दिएका कारण पास्तारनकले बहिस्कार गरेका हुन् ।

यसै गरी, कुनै अफिसियल पुरस्कार नलिने घोषणा गरेका जाँ पाल सात्र्रले १९६४ को नोबेल पुरस्कार बहिस्कार गरेका थिए ।

अहिलेसम्म दुई जनालाई मरणोपरान्त साहित्य नोबेल पुरस्कार प्रदान गरिएको छ । सन् १९३१ मा एरिक एक्सेल कार्ल फेल्ड तथा सन् १९७४ मा डाग ह्यामरजकोल्डलाई यो पुरस्कार प्रदान गरिएको थियो । पछि नोबेल एकेडेमीले यसरी मरणोपरान्त पुरस्कार दिने प्रचलन घोषितरूपमै बन्द गरियो ।

अहिलेसम्म १४ जना महिलाले साहित्यको नोबेल पुरस्कार पाएका छन् । सन् २०१५ मा स्वेतलाना एलेक्सिविचले यो पुरस्कार पाएकी थिइन् । सन् १९४८ मा बेलारुसमा जन्मिएकी यी सञ्चारकर्मीले उनका पुस्तकले सुरुमा रुस तथा पछिल्लो समय बेलारुसको राजनीतिक सत्ताको आलोचना गरेको छ ।

क्यानडाकी सर्ट स्टोरी लेखिका एलाइस मुनरोले २०१३ मा ‘मास्टर अफ द कम्टेम्पोररी सर्ट स्टोरी’ ले साहित्यको नोबेल पुरस्कार पाएको हो । उनका धेरै पुस्तकमा सम्बन्धमा देखिएको समस्या र नैतिक सवालका विषय उठान गरिएका हुन्छन् । सन् २००९ मा उनले बुकर इन्टरनेसनल पुरस्कार पनि पाएकी थिइन् ।

अहिलेसम्म दुई जनाले नोबेल पुरस्कार बहिस्कार गरेका छन् । सन् १९५८ मा उनको देश रुसले पुरस्कार बहिस्कार गर्न दबाब दिएका कारण पास्तारनकले बहिस्कार गरेका हुन् ।

सन् १९५३ मा जर्मनीमा जन्मिएकी हर्टा म्युलरले सन् २००९ को साहित्यको नोबेल पुरस्कार पाएकी थिइन् । उनका कविताहरूले अल्पसङ्ख्यक र कमजोरहरूको भावनाको प्रतिनिधित्व गर्ने गरेको थियो ।

सन् १९१९ मा जन्मिएकी डोरिसा लेसिङले सन् २००७ मा साहित्यको नोबेल पुरस्कार पाएकी थिइन् । बेलायतमा जन्मिएकी उनी बहुमुखी प्रतिभाकी धनी थिइन् ।

उनी नर्स, टेलिफोन रिसप्निस्ट, सञ्चारकर्मी तथा सर्ट स्टोरी लेखिका हुन् । उनको उपन्यास गोल्डेन नोट बुक अत्यन्त लोकप्रिय रहेको थियो ।

सन् १९४६ मा जन्मिएकी अल्फ्रेड जेलेनिकले सन् २००४ को नोबेल पुरस्कार पाएकी थिइन् । यसै गरी, पोल्यान्डकी विस्लावा स्जिमोरबस्काले सन् १९९६ को पुरस्कार पाएकी थिइन् । सन् १९९३ मा टोनी मोरिसनले यो पुरस्कार पाएकी हुन् ।

सन् १९९१ नाडाइन गोर्डिर तथा १९४५ मा गाब्रियल मिसट्रायलले यो पुरस्कार पाए । सन् १९३८ मा पर्ल बकले यो पुरस्कार पाएकी थिइन् । सन् १९६६ मा नेली साँच, सन् १९६८ मा सिग्रीट उन्डसेट, १९२६ मा गाब्रियल डेलेडा र सेल्मा लेगरलफले सन् १९०९मा यो पुरस्कार पाएका थिए ।

नोबेल पुरस्कारका धेरै आयामहरू हुन सक्छन् । साहित्यको नोबेल पुरस्कार विजेता पुस्तक या साहित्यकारले समाजको एउटा हिस्साको सिङ्गो चित्रण पक्कै गरेका छन् । यस पटक पुरस्कार पाउने पालो तिनै पूर्वीअफ्रिकी समाज र साम्राज्यवादले त्यहाँको जीवनमा ल्याएको समस्यालाई प्रस्ट गर्न सफल अब्दुल रजाक गुरनाहको भयो ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  १ : ०० बजे

विपिन जोशीका परिवारले भेटे प्रधानमन्त्रीलाई 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु 

दोलखा– दोलखाबाट बिहे लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात

बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई गर्‍यो देश निकाला

अफ्रिका– बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई देशबाट बाहिर जान आदेश

पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

फुङ्लिङ– ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा