मलेसियामा सङ्खुवासभाका एक नेपालीको मृत्यु  | Khabarhub Khabarhub

मलेसियामा सङ्खुवासभाका एक नेपालीको मृत्यु 


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभाका धिरज राई रहेका छन् ।

मङ्गलवार आफ्नो दाजुको कोठामा गएको र खाना तथा मदिरा सेवन गरी राती सबै जना सुतेको बेला नशाकै तालमा उनीहरू बस्ने कन्डोमिनियमको माथिल्लो तलाबाट हाम फालेर मृत्यु भएको अनुमान गरिएको छ।

यद्यपि उनको के कारण मृत्यु भयो भन्ने पोस्टमार्टम पछि मात्र आधिकारिक रूपमा थाहा हुने बताइएको छ । उनी विगत ९ वर्षदेखि मलेसियाको क्वालालम्पुरस्थित एक कोरियन रेस्टुरेन्टमा कार्यरत रहेका थिए ।

मलेसियास्थित नेपाली दूतावासले भने घटनाबारे आवश्यक जानकारी लिने काम भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  १२ : ०० बजे

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को