सुदृढीकरणको दिशामा नेपाली कांग्रेसको भारत नीति « Khabarhub
Logo
१ कार्तिक २०७८, सोमबार

सुदृढीकरणको दिशामा नेपाली कांग्रेसको भारत नीति



नेपालको सत्ताधारी नेपाली कांग्रेस पार्टीले आफ्ना केही नेताहरूलाई दक्षिणी छिमेकी भारतको भ्रमणमा पठाउनुको दूरगामी महत्व रहनेछ ।

नेपालको सबैभन्दा ठूलो एवं पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतको सत्ताधारी भारतीय जनता पार्टी तथा त्यहाँका प्रमुख राजनीतिक दलहरूसित घनिष्ट सम्बन्ध कायम गर्न थालेको प्रयासलाई सकारात्मकरूपमा लिनुपर्छ ।

नेपालको प्रत्येक राजनीतिक परिवर्तनमा दक्षिणी छिमेकी भारतको सहयोग, सद्भाव र समर्थन रहिआएको छ । यता नेपालका राजनीतिक दलहरूको भारतका प्रमुख राजनीतिक दलहरू भारतीय राष्ट्रिय कांग्रेस र भारतीय जनता पार्टीसँग कहिल्यै पनि घनिष्ट सम्बन्ध रहेन ।

सत्ताधारी नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिणी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीसित मित्रताको सम्बन्ध बनाउने प्रयास गर्नु सराहनीय काम हो ।

अहिलेसम्म नेपालका राजनीतिक दलहरू नेपाली कांग्रेसको सीमावर्ती विहार, उत्तर प्रदेशका समाजवादी नेताहरू र नेपालका वामपन्थी दलहरूको पनि विहार र पश्चिम बङ्गालका केही नेताहरूसित मित्रता रहनु बाहेक खासै विस्तारित र बलियो सम्बन्ध छैन । विहार र उत्तर प्रदेशमा समाजवादी पार्टीहरूको प्रभाव र कम्युनिस्ट दलहरूको क्षमतामा समेत ह्रास आएको छ ।

भारतको सत्ताधारी भारतीय जनता पार्टीका अध्यक्ष जगत प्रकाश नडाको निमन्त्रणामा नेपाली कांग्रेसका नेताहरू भारत भ्रमणमा जानुले धेरै महत्व राख्छ । नेपालका राजनीतिक दलहरूले भारतको राजनीतिक दलाई नजिकवाट कहिल्यै नियालेर हेर्न चाहेनन् । केवल मनोगत विश्लेषणको आधारमा भारत ‘ठूल्दाइ’ हुन खोजेको भनेर आफूभित्र हिनताबोध राखेका हुन् ।

भारत भने कहिल्यै पनि आफूलाई नेपालको ‘ठूल्दाइ’ मानेको र भनेको छैन । क्षेत्रफल, जनसंख्या, अर्थतन्त्र, सैन्य इत्यादि क्षमताको आधारमा एक्लो भारतमात्रै होइन चीन, अमेरिका, रुस र बेलायतलाई हेर्ने दृष्टिकोणमा केही फरक अवश्य पनि हुने गर्छ । भारतसितको घनिष्ट सम्बन्ध हाम्रो देशको हितमा हुनेछ ।

भारतमा सात वर्षयता भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको नेतृत्वमा सरकार अस्तित्वमा छ । भारतीय राजनीतिमा जनता पार्टीको भूमिका लामो समयसम्म अर्थपूर्ण र निर्णायक रहने निश्चित छ । यस्तो अवस्थामा नेपाली कांग्रेसले, भारतको सरकार र सत्ताधारी दलसित राम्रो सम्बन्ध कायम गर्नु आवश्यक छ ।

सत्ताधारी नेपाली कांग्रेसका नेताहरू आफ्नो पार्टीलाई लोकतान्त्रिक समाजवादमा विश्वास राख्ने पार्टीका रूपमा व्याख्या गर्छन्, दाबी गर्छन् । भारतको स्वतन्त्रता आन्दोलनमा नेपालको सीमावर्ती, भारतको विहार र उत्तर प्रदेशमा समाजवादी नेताहरूको भूमिका अग्रणी थियो ।

नेपाली कांग्रेसका नेताहरू मातृकाप्रसाद कोइराला, बीपी कोइराला, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय र भद्रकाली मिश्रहरू भारतका महान समाजवादी नेता डा. राममनोहर लोहिया, जयप्रकाश नारायण, जेबी कृपलानी, नरेन्द्रदेव र मधु लिमयेका नजिक थिए ।

त्यति वेला पनि भारतको राजनीतिमा कांग्रेसका नेताहरूको भूमिका र योगदान नै अग्रणी थियो । नेपाली कांग्रेसका सर्वप्रिय नेता बीपी कोइरालाको भारतका तत्कालीन प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूसित राम्रो सम्बन्ध कि भएन ? त्यसपछिका इन्दिरा गान्धी र मोरारजी देसाईहरूसित किन राम्रो सम्बन्ध भएन ? यो गहन अनुसन्धानको विषय छ ?

पछिका दिनमा कृष्णप्रसाद भट्टराई गिरिजाप्रसाद कोइराला र सुशील कोइराला पनि पुरानो लाइनबाट बाहिर हिँड्न चाहेनन् । सन् असीको दशकमा नै भारतीय राजनीतिमा परिवर्तन आउने सम्भावना प्रष्ट भइसकेको थियो ।

जनसंघ अथवा भारतीय जनता पार्टी ‘एकात्मक मानवतावाद र सांस्कृतिक राष्ट्रवाद’ मा विश्वास राख्ने पार्टी भएको कारणले यसको स्वाभाविक झुकाव नेपालको राज्य संस्थातिर नै थियो ।

राजसंस्थाको अन्त्यपछि पनि यो सम्बन्ध कायम रहिरहने कुरै भएन तर नेपालका राजनीतिक दलहरूले भने यही यस्तै ठान्दै आएका छन् । नेपालमा राजतन्त्रको अन्त्य भएको १५ वर्ष बितिसक्दा पनि र विहार र उत्तर प्रदेशको राजनीतिबाट समाजवादी नेताहरूको सान्दर्भिकता सकिएको अवस्था जगजाहेर हुँदा पनि नेपाली कांग्रेस लगायत नेपालका राजनीतिक दलहरूले भारतका प्रमुख राजनीतिक दलहरूसित मित्रता कायम गर्न नखोज्नुमा कसको कमजोरी ठान्ने ?

जबसम्म कोही व्यक्ति अथवा समाज आफ्नो धर्म, सांस्कृति, सभ्यता, कला, गौरवशाली परम्परा र महापुरुषहरूको कृतिको सम्मान, संरक्षण र सम्वर्द्धन गर्ने छैन तबसम्म ऊ राष्ट्रवादी कहलिन योग्य हुँदैन । कुनै छिमेकीको झण्डा र कुनै नेताको पुत्ला जलाउँदैमा राष्ट्रियता बलियो हुँदैन।

भारतको राजनीति, आर्थिक नीति र परराष्ट्र नीति एउटै खास प्रक्रियाअनुसार बढेको देखिन्छ । सरकार परिवर्तनसित यसको कुनै सम्बन्ध हुँदैन जबकि हाम्रो देशमा पनि न आर्थिक नीति, न राजनीति र परराष्ट्रनीतिको चरित्र नै स्थायी प्रकृतिको छ ।

यस्तो अवस्थामा सरकार परिवर्तन हुने बितिकै धेरै कुरा उथलपुथल हुन जान्छ । सरकारले राम्ररी काम गर्न नसकेपछि आफ्नो कमजोरी र असफलताको निम्ति अन्य देशलाई जिम्मेवार ठह¥याउने प्रवृत्ति छ ।

ठूला र विकसित देशहरूले प्रगति गर्नुको प्रमुख कारण त्यहाँका राज्यको चरित्रमा र नीतिमा स्थायित्व हुनु हो । कमजोर देशहरू सधैँ आफ्नो असफलताको निम्ति नजिकको छिमेकीमाथि दोषारोपण गर्ने गर्छन् ।

नेपाली कांग्रेस देशको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी हो । विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारतसित उसले गहिरो मित्रसम्बन्ध राख्नु स्वाभाविक छ ।

भारतमा सात वर्षयता भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको नेतृत्वमा सरकार अस्तित्वमा छ । भारतीय राजनीतिमा जनता पार्टीको भूमिका लामो समयसम्म अर्थपूर्ण र निर्णायक रहने निश्चित छ । यस्तो अवस्थामा नेपाली कांग्रेसले, भारतको सरकार र सत्ताधारी दलसित राम्रो सम्बन्ध कायम गर्नु आवश्यक छ ।

भारतीय राष्ट्रिय कांग्रेस लगायतका अन्य दलहरूसित पनि नेपाली कांग्रेस र नेपालका अन्य राजनीतिक दलहरूको मित्रवत सम्बन्ध रहनुपर्छ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला तथा नेताहरू शेखर कोइराला र प्रदीप गिरीहरू भारतको राजनीतिबारे गहिरो जानकार राख्छन् ।

हामीले सगरमाथाको संरक्षण गर्न सक्यौँ, लुम्बिनी र जनकपुरको विकास गर्न सक्यौँ, काठमाडौँ उपत्यका लगायत देशभर छरिएर रहेका हजारौँ धार्मिक एवं सांस्कृतिक स्थल र धरोहरको संरक्षण गर्न सक्यौँ भन्ने मात्रै हामी राष्ट्रवादी हुनेछौँ ।

डा.शशांकले केही वर्षअघिदेखि नै नेपाल पुनः हिन्दु धर्मसापेक्ष राष्ट्रको रूपमा घोषित हुनुपर्ने पक्षमा आफ्ना तर्कहरू राख्दै आएका छन् तर आधिकारिकरूपमा नेपाली कांग्रेसले आफ्नो पार्टीको विधान र घोषणापत्रमा उल्लेख नगरेसम्म शशांकको निजी वक्तव्यको संस्थागत अर्थ हुने छैन ।

भारतको सत्ताधारी भारतीय जनता पार्टीसित राम्रो सम्बन्ध विकसित गर्न नेपाललाई हिन्दु राष्ट्र नै घोषित गर्न आवश्यक छ जस्तो लाग्दैन । भारत पनि धर्मनिरपेक्ष राष्ट्र नै हो र भविष्यमा पनि यसै संरचनामा रहनेछ । त्यहाँका नेताहरू सांस्कृतिक राष्ट्रवादमा विश्वास गर्छन् । नेपालमा सांस्कृतिमा आधारित राष्ट्रवाद अर्थहीन मानिन्छ ।

जबसम्म कोही व्यक्ति अथवा समाज आफ्नो धर्म, सांस्कृति, सभ्यता, कला, गौरवशाली परम्परा र महापुरुषहरूको कृतिको सम्मान, संरक्षण र सम्वर्द्धन गर्ने छैन तबसम्म ऊ राष्ट्रवादी कहलिन योग्य हुँदैन । कुनै छिमेकीको झण्डा र कुनै नेताको पुत्ला जलाउँदैमा राष्ट्रियता बलियो हुँदैन।

हामीले सगरमाथाको संरक्षण गर्न सक्यौँ, लुम्बिनी र जनकपुरको विकास गर्न सक्यौँ, काठमाडौँ उपत्यका लगायत देशभर छरिएर रहेका हजारौँ धार्मिक एवं सांस्कृतिक स्थल र धरोहरको संरक्षण गर्न सक्यौँ भन्ने मात्रै हामी राष्ट्रवादी हुनेछौँ ।

ठूलो संख्यामा नागरिकहरूले धर्म परिवर्तन गरिरहेको दुःखद अवस्था छ । पहाडमा त गाउँका गाउँले नै धर्म परिवर्तन भएको छ । कतिपय गाउँमा हिन्दु मन्दिरमा पुजारी पाउन समेत कठिन भएको छ । यस्तो अवस्थामा हामीले कुन रूपले आफुलाई राष्ट्रवादी भन्ने ?

भारतीय जनता पार्टी अथवा भारतको कुनै पनि राजनीतिक दल र सरकारले नेपालमा कस्तो शासन प्रणालीका विषयमा सुझाब दिने प्रश्न हुँदैन । नेपाल र नेपाली जनताको हितमा के गर्दा ठिक हुन्छ, त्यसबारे निर्णय गर्ने अधिकारी नेपाल सरकार नै हो ।

भारतीय राजनीतिक दलसँग सम्बन्ध विस्तारको गर्ने नेपाली कांग्रेसको प्रयास सराहनीय छ ।


भर्खर

0