पछिल्लो २४ घण्टामा ४ लाख ३८ हजार जना कोरोनामुक्त, मृत्यु कति? | Khabarhub Khabarhub

पछिल्लो २४ घण्टामा ४ लाख ३८ हजार जना कोरोनामुक्त, मृत्यु कति?


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार २१८ जना कोरोना संक्रमित थपिएका छन् ।

‍ओल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा ७९ हजार ३७८, बेलायतमा ३८ हजार ५२०, टर्कीमा ३३ हजार ८६० जना थपिएका हुन्।

यसैगरी रुसमा २८ हजार १९०, भारतमा १६ हजार २१, इरानमा १३ हजार ३९१ र ब्राजिलमा ७ हजार ३५९ जनामा संक्रमण पुष्टि भएको छ ।
यही अवधिमा ४ लाख ३८ हजार ५८५ जना संक्रमणमुक्त भएका छन् ।

अमेरिकामा एक लाख एक हजार ४९९, बेलायतमा ३७ हजार ६६४, टर्कीमा ३० हजार ११० जना निको भएका छन् । भारतमा २२ हजार ८५०, ब्राजिलमा २५ हजार ८२७, रुसमा २० हजार ७०६ जना कोरोनामुक्त भएका छन् ।

यस्तै ६ हजार ६०६ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरू अमेरिकाका एक हजार ४०९, रुसमा ९७३, टर्कीमा २३७, भारतमा २२९, बेलायतमा १८१ र ब्राजिलका १७६ जना हुन् ।

यससँगै हालसम्म कोराना संक्रमितको संख्या २३ करोड ९४ लाख ४० हजार ३४ जना पुगेको छ । तीमध्ये २१ करोड ६७ लाख ७ हजार ४६५ जना निको भइसकेका छन् भने ४८ लाख ८० हजार ६७१ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ७ : ०५ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ