यमनमा हवाई आक्रमण, कम्तीमा २० हुथी विद्रोहीको मृत्यु | Khabarhub Khabarhub

यमनमा हवाई आक्रमण, कम्तीमा २० हुथी विद्रोहीको मृत्यु


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- साउदी नेतृत्वले हुथी विद्रोहीलाई लक्षित गरी गरेको हवाई हमलामा कम्तीमा २० हुथी लडाकू मारिएका छन् ।

यमनको मारिब प्रान्तमा गरिएको उक्त हमलामा २० बिद्रोही मारिएको सरकारी सैनिक स्रोतले आइतबार जनाएको छ ।

राहबा जिल्लामा अग्रमोर्चामा लडिरहेका सैनिक अधिकारीले नाम गोप्य राख्ने शर्तमा सिन्ह्वासँग भने, हवाई हमलाले शनिबार साँझ राहाबा जिल्लामा हुथी लडाकूको अग्रदस्तालाई निशाना बनाएको र चारवटा पिकअप गाडीमा रहेका २० भन्दा बढी लडाकूको मृत्यु भएको छ ।

यसैबीच, हुथीद्वारा सञ्चालित अलमसिरा टिभीले शनिबार मारिबको पश्चिमी जिल्ला राहाबा, जबल मुराद र सिर्वाहका अग्रपङ्क्तिमा १७ हवाई हमला भएको जनाएको छ तर आक्रमणबाट के कति क्षति भएको थियो भन्ने बिषयमा विवरण दिएको छैन ।

गत हप्ता सरकारी फौजसँगको उत्तेजक लडाइँपछि हुथी विद्रोहीहरू राहाबा जिल्लाको मध्य शहर अलकुलामा प्रवेश गरेका थिए ।

इरान समर्थित हुथी सैन्य लडाकू दस्ताले फेब्रुअरीमा साउदी नेतृत्वको समर्थन रहेको यमनी सरकारको तेल सम्पन्न अन्तिम उत्तरी गढलाई प्रान्तको नियन्त्रणमा पार्ने प्रयासमा मारिबमा ठूलो आक्रमण गरी यस क्षेत्रलाई नियन्त्रणमा लिन सफल भएको थियो ।

 

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ६ : ०५ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने