कोरोना 'तेस्रो लहर'लाई मध्यनजर गर्दै अस्पताललाई तयारी राख्न गृहको निर्देशन | Khabarhub Khabarhub

कोरोना ‘तेस्रो लहर’लाई मध्यनजर गर्दै अस्पताललाई तयारी राख्न गृहको निर्देशन


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले  बढ्दो कोभिड–१९ संक्रमितको अवस्थालाई मध्यनजर गर्दै  पहिलो र दोस्रो लहरका बेला सूचीकृत गरिएका अस्पताललाई पुनः सूचीकरण गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयलाई कोरोना संक्रमितको उपचारका लागि तयार गरिएका आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सुचिकृत गर्न निर्देशन दिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य आपत्कालीन तथा विपत् व्यवस्थापन इकाइ तथा स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रको अनुरोधअनुसार गृह मन्त्रालयले बन्द रहेका देशभरका कोभिड–१९ आइसोलेसन सेन्टर, अस्पताल र शिक्षण अस्पताल पुनः सूचीकरण एवं व्यवस्थापन गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।

मन्त्रालयले सूचीकरणसम्बन्धी सम्पूर्ण काम गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरूमा प्रत्यायोजन गर्नाका साथै केन्द्र तथा अन्य निकायसँग समन्वय र सहकार्य गर्न निर्देशन पनि दिएको छ ।

यस्तो छ पत्र

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ८ : १० बजे

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन

अन्तरिक्ष यात्रामा जाँदै सुनिता विलियम्स

काठमाडौं । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स तेस्रो

पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा हेर्दाहेर्दैमा राखिएको छ ।