शनिबार बस्ने माओवादी बैठकमा अध्यक्ष प्रचण्डको 'राजनीतिक र सांगठनिक' प्रतिवेदन प्रस्तुत गरिने | Khabarhub Khabarhub

शनिबार बस्ने माओवादी बैठकमा अध्यक्ष प्रचण्डको ‘राजनीतिक र सांगठनिक’ प्रतिवेदन प्रस्तुत गरिने


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको शनिबारबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको तत्कालीक राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरिने भएको छ ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रचण्डको तत्कालीक राजनीतिक र सांगठानिक प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको हो ।

प्रस्तावमा पार्टीको राजनीतिक कार्यदिशालाई स्पष्ट पार्ने, अहिले प्रतिगमन विरोधी संघर्ष र कम्युनिस्ट आन्दोलनमा देखापरेको विसर्जनवादी प्रवृतिको विरुद्धको संघर्षलाई दृढतापूर्वक अघि बढाउन उल्लेख गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रतिगमनकारी कदम असफल भएता पनि प्रतिगमत प्रति सजक रहदै संविधानको रक्षा र कार्यान्वयनका निम्ति बाम सहकार्यलाई अगाडि बढाउने पनि प्रस्तावमा उल्लेख गरेको उनले बताए ।

पार्टीलाई व्यवस्थित र सदृढिकरण गर्ने, आवश्यक ध्रुवीकरणको विषयलाइ पनि प्रचण्डको प्रस्तावमा सामावेश गरिने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।

माओवादी स्थायी कमिटी बैठक शनिबार साढे १० बजे बस्ने र ११ बजे केन्द्रीय कमिटी बस्ने प्रवक्ता श्रेष्ठले बताए ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ७ : ४४ बजे

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार