नवनियुक्त प्रधानमन्त्री देउवा शीतल निवासमा | Khabarhub Khabarhub

नवनियुक्त प्रधानमन्त्री देउवा शीतल निवासमा


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति कार्यालयबाट विज्ञप्ति सच्चिएको खबर आएपछि नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा शपथ लिन शीतल निवास पुगेका छन् ।

देउवा सचिवालयका अनुसार विज्ञप्ति सच्चिएको खबर आएसँगै उनी पद तथा गोपनियताको शपथ लिन शीतल निवास पुगेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्तिमा संविधानको धारा उल्लेख नगरेकोप्रति देउवाले आपत्ति जनाएका थिए ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति नसच्याए सम्म सपथ नलिने अडान राखेपछि ६ बजेका लागि तोकिएको शपथ ग्रहण कार्यक्रम अहिलेसम्म शुरु हुन सकेको छैन।

देउवाले आफू संविधानको धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै असहमति जनाएका हुन्। देउवाको अडानपछि राष्ट्रपति कार्यालय विज्ञप्ति सच्याउन तयार भएको बुझिएको छ।

 देउवा सर्वाेच्चकाे परमादेश अनुसार प्रधानमन्त्री नियुक्त्त भएका हुन्।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ७ : ३१ बजे

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार