इलाम इजलासमा कार्यरत महिला कर्मचारीको हत्या आरोपमा असई पक्राउ | Khabarhub Khabarhub

इलाम इजलासमा कार्यरत महिला कर्मचारीको हत्या आरोपमा असई पक्राउ


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उच्च अदालत विराटनगरको इलाम इजलासमा कार्यरत महिला कर्मचारी बिमलाकुमारी पराजुलीको हत्यामा संलग्न रहेको आरोपमा नेपाल प्रहरीका असई पक्राउ परेका छन् ।

कार्यालय सहयोगी पराजुली सोमबार कार्यालय परिसरमै मृत भेटिएकी थिइन् । पक्राउ परेका असई युवराज बानियाँ इलाम इजलासका न्यायाधीश शिवनारायण यादवका सुरक्षागार्ड हुन् ।

यादवकै क्वाटरमा विवाद भएपछि बानियाँले पराजुलीको हत्या गरेको देखिएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार बनियाँले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका छन् ।

आइतबार साँझ भेटघाटका क्रममा विवाद भएपछि असई बानियाँले पराजुलीको घाँटी थिचेर हत्या गरेको देखिएको छ । हत्या पछि शव झाडीमा फालेको अवस्थामा फेला परेको थियो ।

घटनामा संलग्न देखिएपछि प्रहरीले उनलाई सोमबार राति नै प्रक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । बानियाँ र पराजुलीबीच अवैध सम्बन्ध रहेको पनि अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

मृतक महिलाले लगाएको करीब दुई तोलाको सिक्रीसमेत अभियुक्त बानियाँ बस्ने ठाउँबाट बरामत गरिएको छ । मुख्य न्यायाधीश बस्ने क्वाटरको कोठामा घटना घटाइ घिसारेर लगेर बलेँसीमा फालेको अभियुक्त बानियाँले दिएको बयानमा खुलेको छ । घटनापश्चात् नै जिल्ला प्रहरी कार्यालय इलामले अभियुक्त तथा प्रहरी बानियाँलाई नियन्त्रणमा लिएको तर थप अनुसन्धानका लागि सङ्घीय प्रहरी एकाइ धरानबाट कुकुर ल्याइएको थियो । अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी ४८ वर्षीया विमलादेवी पराजुली केही समय अघिदेखि उच्च अदालत इलाम विराटनगर इजलासमा कार्यरत थिइन् । अभियुक्त बानियाँले हत्या गरेको स्वीकार गरे पनि बलात्कार नगरेको प्रहरीसमक्ष दिएको बयानमा बताएका छन् । यसका विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।

महिलाको शारीरिक परीक्षण गरी शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ५ : १५ बजे

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५