थलापति विजयलाई एक लाख जरिवाना | Khabarhub Khabarhub

थलापति विजयलाई एक लाख जरिवाना


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– तमिल फिल्मका सुपरस्टार थलापति विजयमाथि मद्रास उच्च अदालतले १ लाख रुपैंयाँ जरिवाना गरेको छ । अदालतले विजयलाई यो जरिवाना उनको बिलासी आयातित कार रोल्स रोयस घोस्टको इन्ट्री ट्याक्स नतिरेको आरोपमा लिएको हो ।

अदालतले विजयका लागि तोकिएको रकम तमिलनाडु मुख्यमन्त्री कोभिड रिलीफ फण्डमा जम्मा गरिने जनाएको छ । मद्रास उच्च अदालतका न्यायधिस एसएम सुब्रमण्यमले विजयमाथि यो आदेश दिएका हुन् । विजयको तर्फबाट उनको फ्यान ग्रुपले अदातललाई खारेज गरेको छ ।

‘ती फ्यान जो यस्ता अभिनेतालाई रियल लाइफ हिरोको रुपमा हेर्छन् । यस्ता अभिनेता तमिलनाडु जस्तो राज्यमा शासक बनेका छन् । फिल्ममा काम गर्ने हिरोबाट कर छलीको आशा गर्न सकिन्न, किनकी यो व्यवहार राष्ट्रविरोधी र असंवैधानिक हो’, आदेशमा भनिएको छ ।

न्यायधिस सुब्रमण्यमले विजयले आफूलाई फिल्ममा समाजमा सामाजिक न्याय ल्याउने च्याम्पियनका रुपमा देखाउने गरेको देखाउने भए पनि वास्तविक जीवनमा उनी आफैं कर छलीमा लाग्नु अमान्य रहेको उल्लेख गरेका छन् ।

अदालतले अभिनेता विजयलाई आफूले तिर्नुपर्ने कर कर विभागलाई दुई साता भित्र तिर्न आदेश दिएको छ । विजयले आफ्नो कारको मूल्यको २० प्रतिशत आयातित कर तिर्नुपर्नेछ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ४ : १० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०