सनीको रिसः बाथरुममा छोडेका थिए अवार्ड | Khabarhub Khabarhub

सनीको रिसः बाथरुममा छोडेका थिए अवार्ड


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– अभिनेता सनी देओल आफ्नो अढाई किलोको हातसँगै बलिउडमा रिसका लागि लोकप्रिय छन् । भनिन्छ, उनी रिसाए भने कसैको कुरा सुन्दैनन् । सनीले आफ्नो करियरमा कैयौं सुपरहिट फिल्म दिएका छन् ।

उनले आफ्नो करियरमा ‘गदर’, ‘घायल’, ‘त्रिदेव’जस्ता कैयौं सुपरहिट फिल्ममा अभिनय गरेका छन् । उनले फिल्म ‘गदर’का लागि एक अवार्ड जितेका थिए । तर उनको क्रियाकलापले सबै चकित परे ।

सनीले ‘गदर’का लागि ‘वेस्ट क्रिटिक्स एक्टर च्वाइस अवार्ड’ जितेका थिए । तर उनले यो अवार्ड मनपराएनन् र बाथरुममा छोडेर निस्किए । त्यसो त सनीमात्र होइन, अन्य अभिनेता तथा अभिनेत्री पनि अवार्डप्रति अविश्वास राखेर नै कुनै अवार्ड समारोहमा जाँदैनन् ।

जी टेलिफिल्मसका पूर्व सीइओ सन्दीप गोयलले आफ्नो पुस्तक ‘अनेष्ट टू गड’मा सनीले आफ्ने अवार्ड बाथरुममा किन छोडे भनेर उल्लेख गरेका छन् । उनका अनुसार जी टेलिफिल्मस्ले सन् २००१ मा फिल्म ‘गदर’ निर्माण गरेको थियो । यसको अवार्ड आयोजना पनि जी टेलिफिल्मसले नै गरेको थियो ।

अवार्ड दिने सूचीमा आमिर खानको फिल्मको नाम राखिएपछि सनीको ‘गदर’ परेको थिएन । जीले नै फिल्म निर्माण गरेकाले आफ्नो फिल्मलाई सूचीमा राखेको थिएन । अवार्डमा आमिरको फिल्म ‘लगान’ले उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो भने आमिरले उत्कृष्ट अभिनेताको पुरस्कार पाएका थिए ।

अवार्डमा सनीलाई ‘बेस्ट क्रिटिक्स एक्टर च्वाइस अवार्ड’ दिइए पनि उनी केही नबोली निस्किएका थिए । अवार्ड लिएपछि सनी सिधै बाथरुम गएका थिए । जहाँ उनले अवार्ड छोडे । यो घटनापछि सन्दीप र सनीको भेट भएन ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  १ : ५५ बजे

प्रधानमन्त्रीसँगको भेटमा झलनाथ खनालले के भने ?  

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ

६ वर्षमा वाणिज्य बैंकका शाखा कार्यालय २ हजारले बढे

काठमाडौँ– पछिल्लो ६ वर्षको समयमा वाणिज्य बैंकहरुको शाखा २ हजारको

आज चैते दसैँ पर्व मनाइँदै

काठमाडौँ– आज चैते दसैँ पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हिन्दु

आज सेतो मत्स्येन्द्रनाथको रथयात्रा सुरु हुँदै

काठमाडौँ– वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा आज सुरु

संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद्अन्तर्गतका विभिन्न सातवटा संसदीय समितिका बैठक आज बस्दै