खैरो हेरोइनसहित एक जना पक्राउ | Khabarhub Khabarhub

खैरो हेरोइनसहित एक जना पक्राउ


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको इटहरी उप–महानगरपालिकाबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रक्राउ पर्नेमा तेह्रथुम घर भएका ३४ वर्षीय दुर्गाबहादुर रसाइली छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार रसाइलीलाई  इटहरी उप–महानगरपालिका–४ बाट आइतबार साँझ पक्राउ गरिएको हो । उनको साथबाट प्रहरीले ५३ दशमलव २ ग्राम खैरे हेरोइन, डिजिटल तराजु र ९८ हजार नगद बरामद गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले रसाइलीलाई पक्राउ गरेको हो । अहिले उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  १० : ४० बजे

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको