नेपालमा स्वास्थ्य सामग्री पठाउन सहयोग गर्ने ४८ जनालाई कतारमा सम्मान | Khabarhub Khabarhub

नेपालमा स्वास्थ्य सामग्री पठाउन सहयोग गर्ने ४८ जनालाई कतारमा सम्मान


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कोरोनाका महामारीको बेला नेपालमा स्वास्थ्य सामग्री पठाउन सहयोग गर्ने २ ओटा संस्थासहित ४८ जनालाई कतारमा सम्मान गरिएको छ ।

कार्यक्रममा कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले महामारीको बेला स्वास्थ्य सामग्री पठाएर सहयोग गर्ने २ ओटा संस्थासहित ४८ जनालाई सम्मानपत्र हस्तान्तरण गरिएको दोहास्थित नेपाली दूतावासका द्वितीय सचिव प्रवीण भट्टराईले जानकारी दिए ।

दूतावासका अनुसार सम्मानित हुनेहरूमा नासर अल अलि इन्टर प्राइजेजका अध्यक्ष नासर अल अलि, सफारी ग्रुप अफ कम्पनीजका ह्युमन रिसोर्स म्यानेजर अनुप तुलसीधरन, नेपाली व्यबसायी संघ कतारका अध्यक्ष महेन्द्र प्रसाद चौलागाई, सङ्घका पदाधिकारी तथा सदस्यहरू रहेको जनाएको छ ।

संस्थागत रूपमा नेपाल इन्जिनियर एसोसिएसन दोहा सेन्टरलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै राजदूत भारद्वाजले सम्मानित हुने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा आवश्यक परेमा यस्तै सहयोग तथा सहकार्यको अपेक्षा रहेको बताए ।

नेपालमा पठाएको उच्चस्तरका स्वास्थ्य सामग्रीको नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीहरूबाटस मेत प्रशंसा भएको र यस कार्यका लागि सम्बन्धित संस्था तथा व्यक्तिको समुचित मुल्यांकन भएको समेत उनले उक्त कार्यक्रममा जानकारी दिए ।

दूतावासको संरक्षकत्व र नेपाली व्यवसायी सङ्घ कतारका अध्यक्ष महेन्द्र प्रसाद चौलागाईको संयोजकत्वमा गठन गरिएको कोभिड – १९ क्राइसिस रिलिफ एण्ड सपोर्ट ग्रुपको सक्रियतामा १ करोड २० लाख बराबरको १४ थान भेन्टिलेटर, ४२ अक्सिजन कन्सन्ट्रेटर, २१ सय थान पल्स अक्सिमिटर र नेजल क्यानुला ५० थान स्वास्थ्य सामग्री खरिद गरी नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई बुझाइ सकेको छ ।

उक्त सामग्री स्वास्थ्य मन्त्रालयमार्फत सातै प्रदेशका प्रादेशिक अस्पतालहरुलाई समान संख्यामा वितरण गरिनेछ । जसअन्तर्गत हरेक प्रदेशले दुई वटा भेन्टिलेटर, ६ वटा अक्सिजन कन्सन्ट्रेटर, ३०० वटा पल्स अक्सिमिटर, सात वटा नेजल क्यानुला पाउने बताइएको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ९ : ५५ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार