यी हुन् असार १ गतेबाट सञ्चालन गर्न सकिने कार्यहरु (सूचीसहित) | Khabarhub Khabarhub

यी हुन् असार १ गतेबाट सञ्चालन गर्न सकिने कार्यहरु (सूचीसहित)


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा निषेधाज्ञा असार ७ गतेसम्म लम्ब्याइने भएको छ ।

आज बसेको उपत्यकाका तीनै जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले केही खुकुलो बनाउँदै निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको हो ।

यी हुन् सञ्चालन गर्न सकिने कार्यहरु

– औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य बस्तु, सेवा खरिद वा लिनु पर्दा मात्र घरबाट लिन पाइने ।

– शैक्षिक संस्थाहरुले अनलाइन तथा भर्चुअल माध्यमबात पठनपाठन कार्यहरु सञ्चालन गर्न सक्ने ।

– वैदेशिक अध्ययन तथा ईडीभीका कारण विदेश जानुपर्ने व्यक्तिहरुका लागि कुटनीतिक नियोग तथा अन्य निकायबाट हुने भिसा प्रक्रियाका कार्यहरु संञ्चालन गर्ने ।

– तरकारी फलफूल खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसलहरु किराना पसल र डिपार्टमेन्टल स्टोर(ग्रोसरी मात्र) बिहान ११ बजेसम्म खुला गर्न पाइने । राति ९ बजेदेखि विहान ११ बजेसम्म स्थानीय ढुवानी गर्न पाइने ।

– पुस्तक पसल र प्रिन्टिङ प्रेसको हकमा विहान ११ बेजसम्म सञ्चालन गर्ने । विकास निर्माणजन्य सामाग्रीका पसलहरु – छड, सिमेन्ट, बिजुलीका सामान, स्यानिटर, हार्डवेयर पसल) दिउँसो ४ बजेपछि सञ्चालन गर्न सक्ने ।

– अत्यावश्यक वस्तुहरुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी प्रयोजनका लागि काठमाडौँ उपत्यकाभित्र मात्र साँझ ७ बजेसम्म सञ्चालन गर्न सक्ने ।

– सवारी साधन मर्मताका लागि वर्कसपहरु बेलुका ९ बजेसम्म सञ्चालन गर्न पाइने ।

– विवाह बर्तबन्धको हकमा स्वास्थ्य सुरक्षाको पालना गरेर सात जनासम्म जान पाइने ।

– ब्रतवबन्ध वा विवाहमा एउटा गाडी प्रयोग गर्न पाइने ।

– हवाई टिकट, पासपोर्ट, भिसा हुनेहरुलाई अन्तर्राष्ट्रिय उडानबाट आवतजावत गर्न एयरपोर्टसम्म जानको लागि सवारी साधनको सहजीकरण गर्ने ।

– हप्तामा २ दिन खुल्ने गरी सहकारी संस्था तथा रेमिटहरु आइतबार र बिहीबार सञ्चालन गर्ने ।

यस्तो छ आदेश

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ५ : ३८ बजे

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र

थाइल्यान्डमा ‘लु’ बाट ३० जनाको मृत्यु

बैंकक– यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

मनाङ– विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट