२४ घण्टामा २ हजार ४०७ संक्रमित थपिए, ३ हजार ९९४ जना डिस्चार्ज | Khabarhub Khabarhub

२४ घण्टामा २ हजार ४०७ संक्रमित थपिए, ३ हजार ९९४ जना डिस्चार्ज


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट १ हजार ६९४ र एन्टिजेन परीक्षणमा ७१३ जना गरी २ हजार ४०७ जना कोरोना संक्रमित थपिएका हुन् ।

काठमाडौँ उपत्यकामा थपिए ६५३ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ६५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ४८३ जना, भक्तपुरमा ५८ जना र ललितपुरमा ११२ जना कोरोना संक्रमित थपिएका हुन् ।

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ? 

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ‍३१ देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ३१-४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ३७२ जनामा कोरोना पुष्टि भएको छ । यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-

०-१० वर्ष – ४८

११-२० वर्ष – १७१

२१- ३० वर्ष – ३५३

३१-४० वर्ष – ३७२

४१-५० वर्ष – २८३

५१-६० वर्ष – २२८

६१-७० वर्ष – १३७

७१-८० वर्ष – ६७

८० वर्षभन्दा माथि – ३०

अज्ञात – ५

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा १, उदयपुरमा ६, ओखलढुंगा १, झापामा ६५, धनकुटामा १, पाँचथर २, भोजपुरमा १, मोरङमा ६१, संखुवासभामा २, सोलुखुम्बु १ र सुनसरी २४ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा २३, पर्सामा २,  बारामा १, महोत्तरीमा ७, रौतहटमा १३, सप्तरीमा २५, सर्लाहीमा २५ र सिरहामा ४१ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ४८३ जनामा कोरोना भेटिएको छ। काभ्रेमा २३, चितवनमा १, दोलखामा १, धादिङमा ४३, नुवाकोटमा ९१, भक्तपुरमा ५८, मकवानपुरमा ३, रसुवा २, रामेछापमा ४, ललितपुरमा ११२, सिन्धुपाल्चोकमा ५७ र सिन्धुली २२ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १५८, गोरखामा ३९, तनहुँमा ३०, नवलपरासी पूर्वमा १, पर्वत १, म्याग्दी १२,  लमजुङमा ५१, बागलुङमा २ र स्याङजामा ८ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ८, कपिलवस्तुमा ६, गुल्मीमा १, दाङमा १४, नवलपरासीमा ८, पाल्पामा २, प्यूठानमा १, बर्दियाका ११, बाँकेमा २१, रुकुम पूर्व २, रुपन्देहीमा ४७ र रोल्पामा १ जना छन्।

यस्तै, कर्णाली प्रदेशको जुम्ला ३, दैलेखमा १८, रुकुम पश्चिममा २ र सल्यानमा १ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा १९, कञ्चनपुरमा १०, कैलालीमा ८, डोटी ४, बझाङमा १, बाजुरामा १ र बैतडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

१ हजार ४४७ संक्रमित आईसीयू र भेन्टिलेटरमा

मन्त्रालयका अनुसार १ हजार ४४७ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १ हजार १०० कोरोना संक्रमितको आईसीयूमा र ३४७ को भेन्टिलेटरमा गरी कुल १ हजार ४४७ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १६२ जना आईसीयूमा र ५० भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा ५० आईसीयूमा र १० जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ६७३ जना आईसीयूमा र २३३ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ८५ जना आईसीयूमा र २० जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ९१ जना आईसीयूमा र २० जना भेन्टिलेटरमा, कर्णालीमा २० जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा १९ जना आईसीयू र ६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

थप ३ हजार ९९४ जनाले जिते कोरोना, निको हुने दर ८७.३ प्रतिशत

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९९४  जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ३१ हजार १०५ पुगेको छ । निको हुने दर ८७.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

थप ४६ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ– नेपालमा ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा ४६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ८ हजार ४१२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ४ : ३५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६