गण्डकीमा प्रतिगमनका मतियारलाई परास्त गर्न सफल भएको जनमोर्चाको टिप्पणी | Khabarhub Khabarhub

गण्डकीमा प्रतिगमनका मतियारलाई परास्त गर्न सफल भएको जनमोर्चाको टिप्पणी


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकारलाई हटाउन विपक्षी गठबन्धन सफल भएकोमा खुशी व्यक्त गरेको छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ती जारी गर्दै गण्डकी प्रदेशमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनको मतियार सरकारलाई हटाउन विपक्षी गठबन्धन सफल भएको टिप्पणी गरेका हुन् ।

अध्यक्ष केसीले संसद भंग गरी मध्यावधि चुनाव गराउने षडयन्त्रलाई पनि गठबन्धनले विफल बनाएको दाबी गरेका छन् ।

उनले गण्डकी प्रदेशको सरकारलाई हटाउनका लागि विपक्षी गठबन्धनले झण्डै दुई महिनादेखि लगातार सदनभित्र, अदालत र सडकमा संघर्ष गरिरहेको जानकारी दिए ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ४ : ५२ बजे

आईपिएल : पञ्जाबमाथि मुम्बई ९ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

काँक्रेविहार– भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा भेरी करिडोरमा

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : आज सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।