स्लोभेनिया, अष्ट्रिया र माल्टाद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग | Khabarhub Khabarhub

स्लोभेनिया, अष्ट्रिया र माल्टाद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोपियन युनियन (इयु) का तीन सदस्य राष्ट्र– स्लोभेनिया, अष्ट्रिया र माल्टाले कोभिडविरुद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

तीन देशले अनुदानमा दिएको चिकित्सा सामग्री आइतबार बिहान पौने १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । विमानस्थलमा आयोजित एक समारोहकाबीच स्लोभेनिया र अष्ट्रियाका महावाणिज्यदूत र नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

इयु सदस्य राष्ट्रहरुले उसको नागरिक सुरक्षा संयन्त्रमार्फत कोभिडको भयानक दोस्रो लहर विरुद्ध लड्न नेपाललाई सहयोग पुर्‍याउँन उक्त सामाग्री उपलब्ध गराएका हुन् ।

आज उपलब्ध गराईएको सहयोग नेपाललाई आवश्यकता भएको तथा आपतको बेला निरन्तर जारी रहेको “टिम युरोप” को ऐक्यबद्धताको अर्को उदाहरण भएको उल्लेख गरिएको छ ।

राहत सामग्रीमा एन्टिजेन परीक्षण किट, पल्स् अक्सिमिटर, एफएफ्पीटु मास्क, फेस शिल्ड तथा महामारी फैलिनबाट बचाउनका लागि अन्य सामाग्रीहरु रहेका छन् ।

यसअघि स्पेन, फिनल्याण्ड, फ्रान्स, बेल्जियम र जर्मनीले सहयोग गरे लगत्तै स्लोभेनिया, अष्ट्रिया र माल्टाले पनि नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् । यस्तै थप आपतकालीन आपूर्ति सामग्रीहरु आयरल्याण्ड, इटाली, डेनमार्क र लिथुआनियाबाट पनि आउन लागेको जनाइएको छ ।

यस्तो छ सहयोग सामग्रीको विवरण :

फेस मास्कः ३०,००० थान
निट्राइल् पञ्जाः १००,००० थान
प्रोटेक्टिभ् गगल्स्ः १२,५०० थान
प्रोटेक्टिभ् मास्क्ः १००,००० थान
नन्–स्टेराइल् मेडिकल मास्कः ६००,००० थान
भल्भ्रहित एफ्एफ्पी मास्कः ५०,००० थान
पल्स् अक्सिमिटरः १,००० थान
ऐन्टिजेन टेस्ट किट्ः २,४०० थान
नन्–कन्टयाक्ट् इन्फ्राारेड थर्मोमिटरः १३० थान
फेस शिल्डः ५,००० थान

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ३ : ५५ बजे

एमाले सांसद ढकालविरुद्ध परेको रिट दरपीठ

काठमाडौं– नेकपा एमालेका सांसद एकनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा परेको रिट

खोटाङमा आगलागीबाट ७९ घर जले, एक जनाको मृत्यु

खोटाङ- जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर जलेर

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारलाई इन्टरनेटमा सहुलियत

प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारहरूलाई

‘निर्वाचन प्रणालीमै सुधार हुनुपर्छ, व्यथा एकातिर औषधि अर्कातिर भयो’

मसल र मनिको प्रभाव राजनीतिमा निर्णायक बन्दै गएपछि निष्ठाको राजनीति

भारतीय चुनाव आयोगले सोध्यो प्रधानमन्त्री मोदी र राहुल गान्धीसँग स्पष्टीकरण 

भारतको केन्द्रीय चुनाव आयोगले प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता