मन्त्रिपरिषद समावेशी बनाउन प्रदेश प्रमुख झाले मुख्यमन्त्रीलाई लेखे पत्र | Khabarhub Khabarhub

मन्त्रिपरिषद समावेशी बनाउन प्रदेश प्रमुख झाले मुख्यमन्त्रीलाई लेखे पत्र

प्रदेश प्रमुखको सुझाव ठीक छ : मुख्यमन्त्री


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश अहिराज झाले मन्त्रिपरिषद् समावेशी बनाउन मुख्यमन्त्री लालबाबु राउतलाई पत्राचार गरेका छन् ।

संघीयताको मर्म विपरीत मन्त्रिपरिषद विस्तार भएको भन्दै प्रदेश प्रमुख झाले समावेशी बनाउन मुख्यमन्त्रीलाई पत्र पठाएका हुन् ।

मुख्यमन्त्री राउतले सात्तारुढ दलकै चार मन्त्रीलाई पदमुक्त गरी कांग्रेसलाई सरकारमा सहभागी गराएपछि प्रदेश प्रमुख झाले वर्तमान मन्त्रिमण्डल समावेशी चरित्रको नभई संघीयताको मर्म विपरीत रहेको जिकिर गरेका छन् ।

महिला र पहाडी समुदायलाई समेत सहभागी गराएर मन्त्रिपरिषद बनाउनुपर्ने मुख्यमन्त्री राउतलाई पठाएको पत्रमा उल्लेख छ ।

प्रदेशभित्र रहेका पहाडी समुदाय, दलित र महिलाको समावेशिताप्रति प्रदेश सरकारको भूमिका प्रष्ट नरहेको पत्रमा उल्लेख गरिएको छ ।

संघीयता र समावेशिताको मूल मर्मअनुसार सरकार चल्न नसके गणतन्त्रका साथै संघीयतामाथि विश्वास घट्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

संघीयता र समावेशी हुने गरी मन्त्रिपरिषद् पुनर्गठन गर्न सरकारलाई निर्देशन दिइएको छ ।

यता मुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रमुखको सुझाव ठीक भएको प्रतिक्रिया दिएका छन् ।

प्रदेश प्रमुखले सरकार समावेशी भए राम्रो हुन्छ भन्नुलाई अन्यथा भन्न नमिल्ने राउतले बताए । उनले भने, ‘संविधानले उहाँ (प्रदेश प्रमुख) लाई एउटा जिम्मेवारी दिएको छ । त्यही अनुसार उहाँले सरकार समावेशी भए राम्रो हुन्छ भन्नुभएको छ । उहाँको कन्सर्न राम्रै हो । यसलाई स्वागत गर्दछु ।’

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  २ : ४७ बजे

कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर

बैतडी– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति

गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा– गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली– तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द