निषेधाज्ञा उल्लंघन गर्ने ६४२ सवारी साधनलाई कारबाही | Khabarhub Khabarhub

निषेधाज्ञा उल्लंघन गर्ने ६४२ सवारी साधनलाई कारबाही


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञामा निधेषाज्ञा उल्लंघन गर्ने ६४२ सवारी साधन कारबाहीमा परेका छन् ।

आइतबार बिहान निषेधाज्ञाको अबज्ञा गरी चलाइएका ६४२ ओटा सवारी साधनलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । जसमा ५०६ दुई पाङग्रे सवारी, ११० ओटा चारपाङ्ग्रे सवारी, ६ ट्याक्सी र २० ठुला सवारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञा पनि जारी छ ।

पछिल्लो पटक उपत्यकामा थप गरिएको निषेधाज्ञा जेष्ठ ३१ गतेसम्म कायम रहने छ । त्यसपछि पनि केही खुकुलो बनाउँदै निषेधाज्ञाको अवधि थप्ने स्थानीय प्रशासनको तयारी छ ।

निषेधाज्ञाका क्रममा उपत्यकामा सवारी साधानको अत्याधिक चाप देखिएको छ । काठमाडौँको विभिन्न चोकमा सवारीको चाप बढेको हो । यद्यपी ट्राफिक महाशाखाले काठमाडौँ उपत्यका लगायत निषेधाज्ञा जारी भएका जिल्लाहरुमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भएको जनाएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  १२ : ५९ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन