बहुमतको सरकार गठनको सम्भावना टर्‍यो, कांग्रेस-माओवादीले दाबी नगर्ने (भिडियोसहित) | Khabarhub Khabarhub

बहुमतको सरकार गठनको सम्भावना टर्‍यो, कांग्रेस-माओवादीले दाबी नगर्ने (भिडियोसहित)


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस र माओवादी केन्द्रले बहुमतको सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दाबी पेश नगर्ने भएका छन् ।

आज बसेको कांग्रेस पदाधिकारी बैठकले बहुमत नजुट्ने भएपछि नयाँ सरकार गठनको लागि दाबी नगर्ने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले भने,‘राष्ट्रपतिको जाने कुरा सम्भव देखिएन । संविधानको धारा ७६ (२) अनुसार आज दाबी गर्ने समय थियो । यसभित्र अरु सहयोगी दलहरुको पनि निर्णयको आवश्यकता पर्ने थियो । जसपामा पनि एकमतले निर्णय गर्ने अवस्था देखिएन । माधवजीहरुले पनि निर्णय गर्नसक्नु भएन । आवश्यक समर्थन जुटाएर जानुपर्ने अवस्थामा त्यो हुन नसकेपछि दाबी गर्न जाने कुरा भएन ।’

हेरौँ भिडियो

कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको भेटमा जसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने मनसाय देखाएको डाक्टर महतले जानकारी दिए । उनले भने,‘सभापतिजीसँगको छलफलका क्रममा उहाँहरुले (महन्थ ठाकुर) ओलीजीहरुलाई समर्थन गर्ने मनसाय देखाउनुभयो । उपेन्द्रजीको मात्रै समर्थनले यो सम्भव भएन ।’

यसैबीच नेकपा माओवादी केन्द्र पनि गठबन्धन सरकार गठनका लागि माधवकुमार नेपाल समूहले गर्ने निर्णयका आधारमा मात्र अघि बढ्ने निष्कर्षमा पुगेको हो ।

नेपाल समूहका सांसदहरुले निर्णय नदिएपछि आफूहरु पनि रोकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठकबारे जानकारी गराउँदै माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘माधवकुमार नेपाल समूहको निर्णय पर्खेर बसेका थियौँ। उहाँहरूको निर्णय आएन ।’

उनले विश्वासको मतमा तटस्थ बसेका एमालेका माधवकुमार नेपाल समूहका नेताहरु गठबन्धन सरकार गठनका सन्दर्भमा सकारात्मक रहने विश्वास भएपनि त्यसबारे कुनै औपचारिक निर्णय नदिएको उनले बताए ।

हेरौँ भिडियो

केहीबेर अघि सम्पन्न एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीचको छलफलपछि नेपाल समूहका सांसदहरुले राजीनामा नदिने सहमति बनेको थियो ।

नेपाल समूहका सांसदहरुले राजीनामा नदिएको अवस्था र जनता समाजवादी पार्टीको ठाकुर पक्षले नयाँ सरकार गठनमा कुनै निर्णय नगरेपछि नयाँ सरकार गठन सम्भावना टरेको छ ।

विपक्षी गठबन्धनले सरकार गठनको दाबी नगर्ने भएपछि एमालेसँग अब सरकार गठनका लागि दुई विकल्प आएका छन् ।

जसपाको ठाकुर र महतो समूहको समर्थनमा ओलीले बहुमतको सरकारका लागि दाबी पेश गर्ने सम्भावना पनि छ । यसो भएन भने ७६ (३) अनुसार ओली संसदमा ठूलो दलको हैसियतमा अल्पमतको सरकारको प्रधानमन्त्री बन्नेछन् ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ७ : ३२ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ