अमेरिकाले नेपाललाई थप ३२ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने | Khabarhub Khabarhub

अमेरिकाले नेपाललाई थप ३२ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राज्य अमेरिकाले नेपाललाई थप ३२ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ ।

अमेरिकाले कोभिड-१९ महामारीविरुद्ध लड्न थप ३२ करोड ४३ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने घोषणा गरेको हो ।

अमेरिकी इन्डो–प्यासेफिक कमाण्डले जरुरी अक्सिजन प्लान्ट, सिलिन्डर तथा भण्डार ट्यांकहरु सहयोगको घोषणा गरेको अमेरिकी दूतावासले जनाएको छ ।

सन् २०२० को अप्रिल यता कमाण्डले ५८ लाख डलर बराबरको स्वास्थ्य सामग्री नेपाललाई प्रदान गरिसकेको जनाएको छ ।

यो सँगै नेपालमा युएसएडसमेत गरी अमेरिकी सरकारका विभिन्न एजेन्सीले झन्डै ५१ मिलियन डलर बराबरको कोभिड–१९ सम्बन्धी सहयोग प्रदान गरेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ३ : १२ बजे

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली– तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ महिनाको अवधिमा आठ

त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद

काठमाडौं–  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक भारतीय महिलाको करिब ८५०

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर– कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार