सगरमाथा आरोहणमा रहेका दुई विदेशीको मृत्यु | Khabarhub Khabarhub

सगरमाथा आरोहणमा रहेका दुई विदेशीको मृत्यु


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सगरमाथा आरोहणका क्रममा दुई विदेशी नागरिकको मृत्यु भएको छ ।

सगरमाथा चढ्न गएका स्वीट्जरल्यान्डका आरोही अब्दुल वारैच र अमेरिकी आरोही पुवेई लिउको आरोहणकै क्रममा बिहीबार मृत्यु भएको हो।

उनीहरू ट्राभल एजेन्सी सेभेन समीटबाट सगरमाथा आरोहणका लागि गएका थिए। दुबै जनाको मृत्यु भएको सेभेन समीटले पुष्टि गरेको छ।

सेभेन समिटका अनुसार अब्दुल सगरमाथा चुचुरोमा पुगेर फर्किने क्रममा थिए। उनको साउथ समीटमा मृत्यु भएको हो ।

त्यस्तै पुवेई क्याम्प ४ मा समस्या देखिएको थियो। उनी हिलारी स्टेपसम्ममात्र पुग्न सकेका थिए। त्यहाँबाट फर्किने क्रममा उनको स्वास्थ्यमा समस्या देखिएको र अक्सिजनसहित गएका शेर्पाहरूले उनलाई बचाउन नसकेको सेभेन समिटले जनाएको छ।

यो याममा सगरमाथामा आरोहीको मृत्यु भएको यो पहिलो पटक हो।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  १२ : ५२ बजे

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा

यस्तो छ १६ औँ योजनाको मस्यौदा

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र