चितवनमा पाँच सङ्क्रमितको मृत्यु | Khabarhub Khabarhub

चितवनमा पाँच सङ्क्रमितको मृत्यु


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लाका बिभिन्न अस्पतालमा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका दुई र अन्य बाहिरी जिल्लाका रहेका छन् ।

भरतपुर महानगरपालिका–९ की ३५ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको पुष्पाञ्जली अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । यही वैशाख १५ गते कोरोना सङ्क्रमण पुष्टि भएकी उनमा निमोनियाको समस्या जटिल भई वैशाख २० गते अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको आज बिहान २ बजे मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजमा उपचाररत तनहुँका ४१ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । तनहुँको व्यास नगरपालिका– १ का उनी यही वैशाख २६ गते निमोनियाको समस्या भई उपचारका लागि अस्पताल भर्ना भएका थिए । सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएका उनको उपचारका क्रममा कोभिड सघन उपचारकक्षमा आज बिहान १:४२ बजे मृत्यु भएको हो ।

सोही अस्पतालमा उपचाररत रुपन्देहीको सैनामैना नगरपालिका–८ का ५९ वर्षीय पुरुषको मृत्यु भएको छ । निमोनियाको समस्या भई वैशाख २२ गते अस्पताल भर्ना भएका उनमा सोही दिन सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा उनको बुधबार राति १०:२६ बजे मृत्यु भएको हो ।

पुरानो मेडिकल कलेजमा उपचाररत भरतपुर–३ का ४८ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई वैशाख २९ गते अस्पतालमा भर्ना भएका उनमा सोही दिन सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा उनको बुधबार राति १०:१० वजे मृत्यु भएको हो ।

सोही अस्पतालमा उपचारका क्रममा कपिलवस्तुका सङ्क्रमितको मृत्यु भएको छ । शिवराज नगरपालिका–९ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । निमोनियाको समस्या भई वैशाख २७ गते अस्पतालमा भर्ना भएका उनमा वैशाख २६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचारकक्षमा उनको बुधबार राति ९:४५ बजे मृत्यु भएको हो । मृतक सबैको शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय भइरहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  १२ : ३६ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा