जङ्गली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु | Khabarhub Khabarhub

जङ्गली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणमा परी आज बिहान झापामा एक व्यक्तिले ज्यान गुमाएका छन् ।

कमल गाउँपालिका–३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गएको हो ।

उनलाई आज बिहान ५ बजे जङ्गली हात्तीले रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गलभित्रको सडकमा आक्रमण गरेको थियो । जङ्गली हात्तीको आक्रमणबाट उहाँको घटनास्थलमा नै मृत्यु भएको हो ।

बिहान मर्निङवाकमा निस्किएका लिम्बूलाई २१ नम्बर वाहिनी अड्डाको पश्चिमतर्फको जङ्गलको भित्री बाटोमा हिँड्दै गर्दा हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ८ : ३० बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने