नयाँ सरकार गठनको समयसीमा आज सकिँदै, विपक्षी गठबन्धनमा अझै जुटेन सहमति | Khabarhub Khabarhub

नयाँ सरकार गठनको समयसीमा आज सकिँदै, विपक्षी गठबन्धनमा अझै जुटेन सहमति


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदै छ ।

केपी ओली नेतृत्वको सरकारले विश्वासको मत लिन नसकेपछि २७ वैशाखमा संविधानको धारा ७६ को उपधारा (२) नयाँ सरकार गठन गर्न  राष्ट्रपति भण्डारीले आज राति ९ बजेसम्मको समयसीमा दिएकी थिइन् ।

नयाँ सरकार गठनको समयसीमा सकिन लाग्दा पनि दलहरूबीच कसको नेतृत्वमा सरकार बनाउने भन्नेमा सहमति जुट्न सकेको छैन ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार गठनको प्रयासमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग छलफल तीव्र पारे पनि जसपाकै एउटा खेमाले साथ दिएको छैन ।

जसपामा महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष नयाँ सरकार गठनको पक्षमा छैनन् । सोमबार सदनमा ओलीले विश्वासको मत लिँदासमेत जसपाका १५ सांसद तटस्थ बसेका थिए ।

सोही साँझ कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगै जसपाकै अर्का अध्यक्ष उप्रेन्द्र यादवले नयाँ सरकार गठनका लागि राष्ट्रपतिलाई गरेको आग्रहले अर्को खेमा सरकारमा जान तयार देखिएको छ ।

तर २७ गते मध्यराति नै ठाकुरले विज्ञप्ति जारी गर्दै सरकार गठन जसपाको प्राथमिकतामा नरहेको जनाएका थिए । जसपाको ठाकुर-महतो पक्षले राष्ट्रपतिलाई भेटेर अर्को पक्षले दिएको निर्णय आधिकारिक नहुने जनाउँ दिँदै सरकार गठनका लागि पत्र आए त्यसलाई बैधता नदिन पनि आग्रह गरिसकेको छ ।

संविधानको धारा ७६- २ को सरकार निर्माणमा निर्णायक देखिएको जसपाभित्रको ध्रुवीकरणले नयाँ सरकार गठनमा अन्यौलता देखिएको छ ।

नयाँ सरकारका लागि  एमालेभित्रको नेपाल-खनाल समूहको भूमिका पनि निर्णायक छ । सामूहिक राजीनामाको चेतावनी दिँदै आएको उक्त समूहका २८ सांसद ओलीले विश्वासको मत लिँदा संसदमा अनुपस्थित थिए । उनीहरूले राजीनामा दिएको खण्डमा पनि नयाँ सरकार बन्न सक्ने भएपछि विपक्षी गठबन्ध जसपा र नेपाल-खनाल पक्षको निर्णय कुरेर बसेको छ ।

गठबन्धनको सरकार बनाउने चाहिने १३६ संख्या पुग्न कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ र जसपा ३२ मध्ये कम्तीमा २६ सांसदको साथ चाहिन्छ । तर जसपाभित्रको विभाजनले एमालेको नेपाल-खना पक्षले राजीनामा दिए सरकार बन्न सक्छ ।

फेरि ओली नै दोहोरिने सम्भावना

संविधानको धारा ७६ को (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतको सरकार बनाउनु पर्ने छ ।

३८ महिनापछि संसदमा विश्वासको मत लिएका केपी शर्मा ओलीले बहुमत गुमाएका थिए । उनले गत सोमबार विश्वासको मत लिँदा जम्मा ९३ मत पाए । उनको विपक्षमा १२४ मत खसेको थियो । आजसम्म सरकार बनाउन चाहिने १३६ सांसद पुर्‍याउन दलहरुलाई चुनौती छ । यस्तो अवस्थामा संसदको ठूलो दलको हैसियतमा ओली नै ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त हुने सम्भावना छ ।

 

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ७ : ४५ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको