‘हेरिटेज अफ फेसन नेपाल सिजन २’को तयारी | Khabarhub Khabarhub

‘हेरिटेज अफ फेसन नेपाल सिजन २’को तयारी


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी जेठ २२ गते पोखरामा ‘हेरिटेज अफ फेसन नेपाल सिजन २’ हुने भएको छ । दुबई, युरोप र अष्ट्रेलियामा समेत आयोजना हुने फेसन शोलाई सभ्य र भव्य बनाउने आयोजक संस्था असाप इन्टरटेनमेन्टका सन्तोष अधिकारीले बताए ।

अधिकारी अष्ट्रेलियाको सम्पुर्ण तयारी सकेर नेपाल फर्किसकेका छन् । उनले नेपालमा पनि दोस्रो लहरको कोरोना जोखिम बढेकाले थोरै जनशक्तिको सहभागितामा उत्कृष्ट कार्यक्रम गरिने दाबी गरे ।

यसअघि मार्च १५ मा यो कार्यक्रम गरिने भनिएपनि कोरोनाका कारण सारिएको थियो । कार्यक्रमका लागि केहीदिन अघि काठमाडौंमा आयोजित मिट एण्ड ग्रीटमा अभिनेता प्रशान्त ताम्राकार, अपर्ण थापा, सन्दीप क्षेत्री, अभिनेत्री बेनिशा हमाल, निर्देशक दीपेन्द्र के खनाल, देवकुमार श्रेष्ठलगायतको उपस्थिति थियो ।

अधिकारी फिल्म ‘आमा’ र ‘घर’का सह–निर्माता हुन् । उनी निर्माता भएको नयाँ फिल्म ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ४ : ३० बजे

लुम्बिनीमा बिना विभागीय मन्त्रीलाई दिइयो जिम्मेवारी

बुटवल– लुम्बिनी प्रदेशका विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिइएको छ ।

उपनिर्वाचनको मौन अवधि आज रातिदेखि

काठमाडौं– यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

इलाम पुगेर ओलीले भने : सधैँभरी गठबन्धन गरेर देश बन्दैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देश बनाउने

रुसका उपरक्षामन्त्री घुस लिएको आरोपमा पक्राउ

काठमाडौं– रुसी अदालतले बुधबार रक्षा मन्त्री सर्गेई शोइगुका एक सहायकलाई

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी, दुई जना पक्राउ 

काठमाडौं– वैदेशिक रोजगारका लागि विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा