जग्गाको नक्कली बैना कागज बनाएर ठगी गर्ने पक्राउ | Khabarhub Khabarhub

जग्गाको नक्कली बैना कागज बनाएर ठगी गर्ने पक्राउ


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नक्कली कागज बनाएर ठगी गर्ने एक जना पक्राउ गरेका छन् । प्रहरीका अनुसार काठमाडौं बुढानीलकण्ठ – ५ का कशुल शाही ठकुरी नक्कली बैना कागज बनाएर ठगी गरेको आरोपमा पक्राउ परेका हुन् ।

उनलाई नागार्जुन नगरपालिका – ६ स्थितको जग्गा बैना गरेको भनी प्रतिआना १८ लाख रुपैयाँ कायम गरी नक्कली बैना कागज बनाई ठगी गरेको पाइएको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका – १५, स्वयम्भूबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ३ : १० बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं- नेपाल हङकङसँग पराजित भएको छ । एसीसी प्रिमियर कप

अमेरिकी विद्युतीय निगरानी उपकरणको प्रयोग गर्न सिनेटको अनुमति

वासिङ्टन– विदेशमा रहेका अमेरिकी गुप्तचर निकायहरूले व्यापक रूपमा प्रयोग गर्ने

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको