रोजेनले तोडिन् ‘गंगनम स्टाइल’को रेकर्ड | Khabarhub Khabarhub

रोजेनले तोडिन् ‘गंगनम स्टाइल’को रेकर्ड


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल–के–पप गर्ल ग्रुप ‘ब्ल्याकपिंक’की सदस्य रोजेन पाक उर्फ रोजे कोरियन–न्यूजिल्याण्ड गायिका हुन् । हालैमात्र रोजले आफ्नो सिंगल डेब्यूबाट दुई विश्व रेकर्ड कायम गरेकी छन् ।

अमर उजालामा प्रकाशित समाचारअनुसार हालैमात्र रोजेन पाकले आफ्नो गीत ‘अन द ग्राउण्ड’बाट सिंगल डेब्यु गरेकी थिइन् । गीतलाई युट्युबमा निकै रुचाइयो र यसले दर्शक संख्या पनि उल्लेख्य पाएको छ ।

यो गीतले २४ घण्टामै ४१ दशमलब ६ मिलियन दर्शक पाएको छ । यो संख्यामा २४ घण्टामा सर्वाधिक दर्शक बटुल्ने उनी पहिलो गायिका पनि बनेकी छन् ।

उनी सोलो आर्टिस्टमा पहिलो गायिका हुन्, जसले आफ्नो नाम बिलबोर्ड ग्लोबल २०० मा दर्ता गराएकी छन् ।

रोजेनले पीएसवाईको आइकनिक ट्रयाक ‘गंगनाम स्टाइल’को रेकर्ड पनि तोडेकी छन् । यो गीतलाई चौबिस घण्टामा ३६ मिलियन भ्यूज मिलेको थियो ।

२४ वर्षकी रोजेनले सन् २०२० को जूनमा आफ्नो सोलो डेब्यूको घोषणा गरेकी थिइन् । यो सिंगल डेब्यू एलबम ‘आर’, मार्च २०२१ मा रिलिज भएको थियो ।

दक्षिण कोरियामा बस्ने रोजेन न्यूजिल्याण्डमा जन्मिइन् र अष्ट्रेलियामा हुर्किइन् । उनले सन् २०१२ मा वाइजी इन्टरटेनमेन्टका लागि अडिसन दिएकी थिइन् । यो दक्षिण कोरियन लेबलसँग चार वर्षको तालिम लिइन् । तालिम लिएपछि उनी सन् २०१६ मा रोजेन ‘ब्ल्याकपिंक’को हिस्सा बनिन् ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  १ : १० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६