चीन घेर्न एकमत होला त क्वार्ड ! | Khabarhub Khabarhub

चीन घेर्न एकमत होला त क्वार्ड !


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राष्ट्रपति जो बाइडनको प्रशासन अमेरिकाका साझेदार देशहरूलाई एकीकृत गर्न भन्दै ह्वाइट हाउस मा सक्रिय छ ।

बाइडन प्रशासनले इन्डो प्यासिफिक वरपरको क्षेत्रलाई आफ्नो दाबी गरेको चीनलाई घर्ने रणनीतिसहित आफ्ना साझेदार देशलाई एक बनाउने लक्ष्य लिएको हो ।

शुक्रबार बाइडनले आफ्नो लक्ष्यलाई आवश्यक पर्ने आजसम्मकै ठूलो कदम चालेका छन् । त्यो कदम भनेको क्वार्ड क्षेत्रका नेताहरूको संयुक्त भर्चुअल बैठक हो ।

क्वार्डमा संयुक्त राज्य अमेरिका, जपान, भारत र अस्ट्रेलिया सम्मिलित छन् । यो समूहलाई बेइजिङले शीत युद्धकालीन ‘विषाक्त’ मानसिकताको प्रतिकारात्मक स्थिति भनेको छ ।

वासिंटनले शुक्राबार आयोजित बैठकमा कोभिड–१९, आर्थिक साझेदारी र जलवायु परिर्वतन सम्बन्धी छलफल हुने बताएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘स्वतन्त्र र खुला इन्डो प्यासिफिक’ क्षेत्रका विषयमा अमेरिकी राष्ट्रपति बाइडन, जपानी प्रधानमन्त्री योसिहिदी सुगा र अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिससँग छलफल हुने बताएका छन् ।

ती अभिव्यक्तिमा चीनको नाम कतै उल्लेख गरिएको छैन । हामीले के बुझ्न सक्छौँ भने आर्थिक र सैन्यरूपमा चीनको महाशक्तिका रूपमा उदय भएसँगै सन् २०१७ मा क्वार्डको पुनः उदय भएको थियो । बेइजिङकै शक्तिका कारण विश्वका यी चार नेता रातारात समयमा सम्मेलन गर्न लागिपरेका हुन् ।

क्वार्ड अथवा क्वार्डिल्याटरल सुरक्षा संवाद एक अनौपचारिक रणनीतिक संस्था हो । जसले अर्ध नियमित सुरक्षा सम्मेलन, सूचना आदनप्रदान गर्नुको साथै सैन्य अभ्यास पनि आयोजना गर्छ ।

यो उत्तर एट्लान्टिक ट्रिटी अर्गनाइजेशन (नाटो) जस्तो औपचारिक सुरक्षा गठबन्धन होइन । यद्यपि, यसलाई केही व्यक्तिले एसिया–प्यासिफिक क्षेत्रमा बढ्दै गएको चीनको कथित आक्रमकता कम गर्ने साझेदारीका रूपमा पनि विश्लेषण गर्ने गरेका छन् ।

सदस्य देशहरूले सम्बन्धको सौम्य पक्षलाई जोड दिइरहेका छन्, जस्तो कि कोरोना महामारी सम्बन्धी सहकार्य । क्वार्ड देशहरूले चीनलाई सैन्य घेराबन्दीमा पार्ने योजना बुनेको विषय बेइजिङको जानकारी बाहिर छैन ।

यसमा आश्चर्य मान्नुपर्ने कुरा केही छैन ।

इन्डो प्यासिफिक कमान्डका अमेरिकी सैन्य प्रमुख एड्मेरल फिलिप डभिड्सनले मङ्गलबार क्वार्ड समूहलाई ‘प्रजातन्त्रका लागि हीरा’ भनेका छन् ।

उनले मङ्गलबार यो संस्थाले केही ‘ठूलो गर्ने’ आश गरेका छन् । उनले भनेका छन्, ‘सुरक्षा क्षेत्रमा मात्रै होइन, वैश्विक अर्थतन्त्र, प्राविधिक क्षेत्र दूरसञ्चार र फाइफ–जी, अन्तर्राष्ट्रिय सहकार्य; यी सबै क्षेत्रमा आर्थिक र कूटनीतिक हिसाबले हामीले धेरै गर्नुछ ।’

क्वार्डले गर्नुपर्ने मुख्य चार काम

स्टानफोर्ड विश्वविद्यालय अन्तर्गतका हुवर कन्जरभेटिभ इन्स्टिच्युटका चार व्यक्ति उनीहरूले क्वार्डले सामुद्रिक सुरक्षा, सप्लाई चेन सुरक्षा, प्रविधि र कूटनीतिको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिन सक्ने बताएका छन् । यसमा अमेरिकाका पूर्वरक्षामन्त्री जेम्स म्याटिस पनि संग्लन छन् ।

सामुद्रिक सुरक्षामा क्वार्डले तीव्ररूपमा चीनले विकास गर्दै गरेको पानी जहाज निर्माण रोक्न अमेरिकी नौसेनालाई सहयोग गर्न सक्छ । चीनले विश्वकै ठूलो पानीजहाज निर्माण कार्य अघि बढाएको छ । उदाहरणका लागि, भारतसँग विमानवहाक छ भने जपानसँग पानी जहाजलाई राम्रौ नोक्सान पुर्‍याउन सक्ने पनडुब्बी लगायत छन् ।

यी सबै एकै ठाउँ आउँदा अमेरिकी नौसेनालाई चिनियाँ पानी जहाज नियन्त्रण गर्न सहयोग पुग्न सक्छ ।

सप्लाई सुरक्षा अन्तर्गत क्वार्ड क्षेत्रका औद्योगिक र उत्पादक संस्था एकै ठाउँ आउँदा चीनले उठाइरहेको आर्थिक फाइदा रोक्न सकिने हुवर संस्थाका विज्ञहरूको तर्क छ ।

महामारीका समयमा समस्याग्रस्त देखिएका चीनका औषधि वितरण, उत्पादक संस्थालाई क्वार्ड क्षेत्रका यी संस्था एकै ठाउँमा आउँदा फाइदा पुग्ने उनीहरूको तर्क छ ।

प्रविधिको क्षेत्रमा क्वार्ड सदस्य देशलाई सूचना सुरक्षा प्रदान गर्न र नयाँ व्यवस्था विकास गर्न धेरै स्रोत आवश्यकता हुन्छ । संयुक्तरूपमा काम गर्दा उनीहरूलाई चिनियाँ सफ्टवयर आवश्यक पर्दैन । चिनियाँ सफ्टवयरको प्रयोगबाट आफूलाई आवश्यक पर्ने सामग्रीको विकास गर्दा क्वार्ड सदस्यलाई सुरक्षा जोखिम हुन सक्ने हुवर संस्थाका विज्ञहरू बताउँछन् ।

अमेरिका बाहेकका अन्य क्वार्ड सदस्यले यसको गठनका विषयमा अमेरिकालाई साथ नदिएका भए चीनले आफूलाई घेर्न निर्माण भएको यो गठबन्धनको बदलामा आर्थिक हिसाबमा केही कदम चाल्न सक्थ्यो ।

कूटनीतिक हिसाबमा इन्डो प्यासिफिक क्षेत्रमा भारत, जपान र अस्ट्रेलियाको सम्बन्ध गहिरो रहेको र त्यसले गर्दा उनीहरूको प्रभाव अमेरिकाको भन्दा धेरै रहेको हुवर विज्ञहरू तर्क गर्छन् ।

र्‍यान्ड कर्प विज्ञ समूहका टिमोथी हिथ भन्छन्, ‘यस क्षेत्रका धेरै देश खासगरी दक्षिणपूर्वी एसियाका धेरै देश चीनलाई सन्तुलनमा राख्न क्वार्ड सदस्यबीचको यस्तो सहकार्यलाई स्वागत गर्छन् ।’

यद्यपि, माथि उल्लेख गरिएका कामकुरा हुन्छ नै भन्ने सुनिश्चितता छैन । चीनको दबाबबीच सन् २००७ मा क्वार्ड कसरी स्थापना भएको थियो भन्ने सम्झनुपर्छ ।

यदि अमेरिका बाहेकका अन्य क्वार्ड सदस्यले यसको गठनका विषयमा अमेरिकालाई साथ नदिएका भए चीनले आफूलाई घेर्न निर्माण भएको यो गठबन्धनको बदलामा आर्थिक हिसाबमा केही कदम चाल्न सक्थ्यो ।

क्वार्ड देशले चीनमाथि लगाम लगाउने प्रयास गरेको खण्डमा चीनले त्यसको प्रत्युत्तर दिने विज्ञहरू बताउँछन् । हिथ भन्छन्, ‘त्यसले चीनसँग धेरै समस्या उत्पन्न गर्छ । जसले गर्दा चीनको आर्थिक प्रतिशोधको भारत, अस्ट्रेलिया, जपानलगायतका देशले सामना गर्नुपर्ने हुनसक्छ ।’

यस्तो भएको अवस्थामा तीनै देशलाई समस्या हुन्छ । यी सबै देशका लागि चीन सबैभन्दा ठूलो व्यापार साझेदार हो ।

बेइजिङको सहजता

र्‍यान्डका विश्लेषक हिथका विचारमा क्वार्ड सदस्यबीच एकताको कमी छ । क्वार्ड सदस्यहरूबीचको असमझदारी चीनको सहजता हुन सक्ने उनी बताउँछन् ।

यो एक कमजोर संस्थाका सदस्यबीचको अनौपचारिक बैठकमा मात्रै सीमित हुन सक्छ । यस अर्थमा क्वार्ड ‘एसियाको नाटो’ नसक्ने उनी बताउँछन् । शीत युद्धका क्रममा सोभियत संघलाई घेर्न निर्माण भएको नाटोको उदाहरण दिन्छन् ।

हिथ भन्छन्, ‘क्वार्ड सदस्यले चीनलाई कानूनी हिसाबमा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा आफ्नो चासो व्यक्त गर्न सक्छन् । तर उनीहरू चीनका विषयमा के गर्ने भन्नेमा पनि एकमत छैनन् । सदस्यबीचकै प्राथमिकतामा फरक छ । भारतको चासो हिन्द सागर केन्द्रित भएको र अस्ट्रेलिया, जपानको चासो दक्षिण चीन सागरमा छ ।’

उनका अनुसार खेलसम्बन्धी उदाहरण हेर्ने हो भने अहिलेको खेल चीनको नियन्त्रणमा छ ।

हिथ भन्छन्, ‘यदि चीनले कुनै देशका विरुद्ध सैन्य आक्रमण बढायो भने क्वार्ड देशले सैन्य साझेदारी मजबुत बनाउने सम्भावना रहन्छ ।’

चीनले सैन्य आक्रमण नबढाउँदासम्म यस्तो अवस्था नआउने विश्लेषकहरूको विश्वास रहेको छ । यस्तै, विचार चिनियाँ पक्षमा पनि रहेको पाइन्छ ।

चिनियाँ सरकारको आधिकारिक मुखपत्र ग्लोबल टाइम्सले गत महिना प्रकाशित एक रिपोर्टमा क्वार्ड समूह ‘छलफल गर्ने थलो’ मात्रै भएको भन्दै त्यसलाई ‘खारेज’ गरिदिएको थियो । विश्लेषकहरूलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको थियो समूह भड्किलो र प्रतिकारात्मक भए पनि त्यसले कुनै नतिजा निकाल्न सक्दैन ।

(ब्रेड लेन्डनले सीएनएनका लागि १२ मार्च २०२१ मा लेखेको यो रिपोर्ट तयार गर्न सीएनएनकै जेम्स ग्रिफिथ्सको पनि सहयोग रहेको छ । खबरहबका लागि यो रिपोर्ट पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ८ : १३ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन