किन चर्चित छ श्रीरामले शबरीको जुठो बयर खाएको प्रसंग ? | Khabarhub Khabarhub

किन चर्चित छ श्रीरामले शबरीको जुठो बयर खाएको प्रसंग ?


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामायणको सबैभन्दा प्रसिद्ध कथाको चर्चा गर्ने हो भने भगवान रामले शबरीको जूठो बयर खाएको प्रसंग चर्चामा छ । तर के तपाईलाई थाहा छ, भगवान रामले किन शबरीको जुठो बयर खाएका थिए ?

हिन्दू पञ्चांग र पौराणिक मान्यता अनुसार फाल्गुन महिनाको कृष्ण पक्षको सप्तमी तिथिको दिन नै भगवान रामले आफ्नो अनन्य भक्त शबरीको आस्था र भक्तिलाई पूर्ण गर्न उनको जूठो बयर खाएका थिए । यसैले यस दिन शबरी जयन्ती समेत मनाउदै आइएको छ । शबरी जयन्तीका दिन रामायण पाठ गरी श्रीरामका साथै शबरीको पूजा–अर्चना गरिन्छ ।

भगवान राम प्रतिको आस्थाका कारण शबरीको जूठो बयर खाएको प्रसंग रामायण, भागवत, रामचरित मानस, सुरसागर आदि ग्रन्थमा उल्लेख छ । पौराणिक कथा अनुसार फाल्गुनको कृष्ण पक्षको सप्तमी तिथिमा नै शबरीलाई भगवान रामको आशीर्वाद प्राप्त भएको र मोक्षको प्राप्ति भएको थियो ।

धार्मिक कथा अनुसार शबरीको वास्तविक नाम श्रमणा थियो । उनी भील समुदायकी महिला थिइन् । भील समुदायका राजकुमारसंग उनको विवाह तय भएको थियो । जहाँ पशुबलिको परम्परा थियो । तर शबरी कुनै पनि प्रकारको हिंसा रुचाउदिनन् थिइन् । त्यसैले विवाहको एक दिन अघि शबरीले घर छाडिन् र दण्डकारण्य वनमा बस्न थालिन् ।

दण्डकारण्य वनमा मातंग ऋषि बस्दथे । शबरी उनै ऋषिको सेवा गर्न लागिन् । मातंग शबरीको सेवा भावबाट अत्यंत प्रसन्न भए । एक दिन जब ऋषि मातंगलाई आफ्नो मृत्युको नजिएको आभाष भयो तब उनले शबरीलाई यहि आश्रममा बसि भगवान श्रीरामको प्रतिक्षा गर्न अह्राए । उनले भगवान राम अवश्य पनि यस वनमा आउने आश्वासन दिए ।

त्यस पश्चात समयक्रमसंगै शबरी भगवान श्रीरामको प्रतिक्षामा रहन थालिन् । तर लामो समय बित्दा समेत श्रीराम आएनन् । तथापी उनले हरेक दिन श्रीराम आउने आशामा उनकालागी वनमा पाइने बयर संकलन गर्न थालिन् ।

उनले श्रीरामलाई मिठो बयर ख्वाउन हरेक बयर चाख्दै अमिला भए फ्याक्ने र गुलिया र मिठा बयर मात्र राख्दै गइन् । यो क्रम कैयौं वर्षसम्म चल्यो ।


एक दिन शबरीले जंगलमा कुनै दुई सुन्दर युवक उनलाई खोज्दै वनमा आएको थाहा पाएपछि उनको प्रसन्नताको सिमा रहेन ।

उनले सहजै अनुमान गरिन् वर्षाै देखि जुन श्रीरामको प्रतिक्षामा उनी थिइन्, उनै श्रीराम उनलाई खोज्दै आएका छन् । जब शबरी श्रीरामको नजिक पुगिन् भावविवह्ल हुदै उनले श्रीरामलाई आदारपुर्वक आफ्नो कुटीमा लगिन् ।

आफ्नो कुटीमा उनले आफुले चाख्दै टिपेका मिठा जुठो बयर खान दिइन् । जुठो बयर देखेर रामका भाइ लक्ष्मणले यसलाई खान घिन माने भने श्रीरामले बडो चाहव र श्रद्धापुर्वक आफ्नो भक्त शबरीको जुठो बयर स्वादपुर्वक खाए । जसले गर्दा श्रीरामको भक्तिमा वर्षाै बिताएकी शबरीको भक्ति पूर्ण भयो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ११ : ५० बजे

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को