आवश्यक परे फेरि बलिदान दिन तयार छौँ : प्रचण्ड (भिडियोसहित) | Khabarhub Khabarhub

आवश्यक परे फेरि बलिदान दिन तयार छौँ : प्रचण्ड (भिडियोसहित)


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हजारौँ शहीदको बलिदानीपछि प्राप्त गणतन्त्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धरापमा पारेको आरोप लगाएका छन् ।

ओलीले शहीदको रगतले लेखेको संविधान नै धरापमा लाने कोशिस गरेकाले त्यसकाविरूद्ध लड्नु पर्ने अवस्था आएको बताएका छन् ।

हेरौँ भिडियो

जनयुद्ध दिवसको अवसर पारेर पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा दाहालले भने, शहीदको सपनालाई कुल्चिने प्रयास भएको छ । हामी  मर्नबाट बचेका मान्छेका आँखा अगाडि शहीदको सपना कुल्चने प्रयास भएको छ,’ दाहालले भने, ‘हामी जीवन मरणको अवस्थामा छौँ, उनीहरूको सपनालाई कुल्चिन दिन्नौँ यो प्रण गर्छौँ ।’

आजै दाहालले बारबर्दिया नगरपालिकाले आयोजना गरेको ‘जीवनगाथा’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै शहीदको बलिदानीपछि प्राप्त उपलब्धि रक्षाका लागि एकतावद्ध हुन अपिल गरेका थिए ।

२५ वर्षअघि ‘जनयुद्ध’ सुरु भएको दिनको सम्झनामा तत्कालीन माओवादीहरुले यो दिवस मनाउँदै आएका छन् ।

संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै माओवादीले रोल्पा, सिन्धुली र गोरखाका विभिन्न प्रहरी चौकीमा आक्रमण गरेर तत्कालीन माओवादीले नेपालमा सशस्त्र विद्रोहको शुरूवात गरेको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ११ : १४ बजे

एक जना मन्त्री सहित सरकार विस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

कर्णाली– सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका यामलाल

विपक्षीले अपव्याख्या गरे, हाम्रो सरकार २०८४ सम्म जान्छ : खगराज अधिकारी

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेकपा (एमाले) बाट लाभका

उपनिर्वाचनको आज प्रचार प्रसारको अन्तिम दिन

इलाम– इलाम क्षेत्र नम्बर-२ मा वैशाख १५ मा हुने उपनिर्वाचनका

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित 

वासिङ्टन– अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल

नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारी भएको छ