नेकपाका दुबै समूहले बुझाए निर्वाचन आयोगमा जवाफ | Khabarhub Khabarhub

नेकपाका दुबै समूहले बुझाए निर्वाचन आयोगमा जवाफ


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ओली र दाहाल–नेपाल दुबै समूहले निर्वाचन आयोगलाई जवाफ पठाएका छन्।

निर्वाचन आयोगले गत पुस २३ गते दुबै समूहलाई राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार सात दिनभित्र ‘विवरण’ पेश गर्न भनेको थियो ।

सोही अनुरुप दुवै समूहले पत्र पठाएका हुन् । दुबै समूहबाट पत्र प्राप्त भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठल जानकारी दिए ।

ओली समूहका नेता सुवास नेम्वाङ सहितको टोलीले आयोग पुगेर कागजात, जवाफहरु पेस गरेको हो ।

दाहाल-नेपाल पक्षले भने आफूहरुले बुझाउनुपर्ने विवरण पहिल्यै नै सबै बुझाइसकेको हुँदा अहिले जवाफमात्र पठाएको जनाइएको छ ।

आयोगले तोकेको म्यादको अन्तिम दिन दुबै समूहले जवाफ पठाएको हुन । चुनाव चिन्ह, पार्टीको आधिकारिकता लगायतका विषयमा दुवै पक्षले आ-आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन् ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ५ : ३० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६