अटो रिक्सा दुर्घटनामा एक जनाको मृत्यु | Khabarhub Khabarhub

अटो रिक्सा दुर्घटनामा एक जनाको मृत्यु


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- डोटीको शिखर नगरपालिका– ८ तिलताली नजीक अटो रिक्सा दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । चार जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा  शिखर– ३ का ५३ वर्षीय पदम जोराको मृत्यु भएको हो ।  घाइते हुनेमा शिखर–३ का १८ वर्षीय अर्जुन पार्की, सोही वडाका अटो चालक ४१ वर्षीय दीपक जोरा, ४० वर्षीय जीत जोरा र १७ वर्षीय नरेश पार्की रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लले जानकारी दिए ।

घाइतेमध्ये दुई जनालाई जिल्लामा उपचार हुन नसकेपछि कैलाली सिफारिश गरिएको तथा दुई जनाको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

अटोमा  सात जना सवार रहेको र अन्य दुई जना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  १ : १० बजे

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार