तराईमा शुक्रबारसम्म हुस्सु लाग्ने | Khabarhub Khabarhub

तराईमा शुक्रबारसम्म हुस्सु लाग्ने


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तराईमा आउँदो शुक्रबारसम्म बाक्लो हुस्सु लाग्ने मौसमविदले पूर्वानुमान गरेका छन् ।

तराईका अधिकांश जिल्लामा सोमबारदेखि लागेको बाक्लो हुस्सु कम्तीमा शुक्रबारसम्म कायम रहने सम्भावना रहेको मौसमविद वरूण पौडेलले जानकारी दिए ।

बाक्लो हुस्सु र शीतका कारण तराईको जनजीवन कष्टकर बन्दै गएको छ ।

बिहान अबेरसम्म घर बाहिर निस्कन नसक्दा दैनिक ज्याला मजदूरी गर्नेहरूलाई गुजारा चलाउन मुस्किल परेको छ । तराईका जिल्लामा बाक्लो हुस्सु लाग्दा आन्तरिक उडान पनि प्रभावित हुँदै आएको छ ।

काठमाडौँ उपत्यकामा पनि तुवालो लागेको छ । मौसममा बदली आएपछि उपत्यकामा फेरि चिसो महसुस हुन थालेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँको अधिकतम तापक्रम १८ डिग्री सेल्सियसको हाराहारीमा रहने छ ।

महाशाखाले जारी गरेको तीनको पूर्वानुमानमा आज र भोलि प्रदेश १ र गण्डकी प्रदेशको एकाध ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  १२ : ४० बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न