‘एकीकृत नमूना कृषि फार्म’का लागि १६ फार्म छनोट | Khabarhub Khabarhub

‘एकीकृत नमूना कृषि फार्म’का लागि १६ फार्म छनोट


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– ताराखोला गाउँपालिकामा एकीकृत नमूना कृषि फार्म सञ्चालनका लागि १६ कृषि फार्म र कृषक समूह छनोटमा परेका छन् । यसअघि गाउँपालिकाले फार्म सञ्चालन गर्न इच्छुक कृषक समूह र कृषि फार्मबाट प्रस्ताव माग गरेको थियो ।

आउँदो १५ दिनभित्र कार्यक्रम सम्झौता भई कार्यान्वयनमा जाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार एकीकृत नमूना कृषि फार्मका लागि सङ्घ सरकारको रु ७० लाख र गाउँपालिकाको रु ४२ लाख बजेट छ ।

“गाउँपालिकाले ५० देखि ७० प्रतिसम्म लगानी गर्छ, बाँकी सम्बन्धित कृषक समूह र कृषि फार्मले गर्नुपर्छ”, उनले भने, “कामको प्रगति र मूल्याङ्कनका आधारमा किस्तामा अनुदान दिन्छौँ ।” एकीकृत नमूना कृषि फार्मका लागि छनोटमा पर्नेमा वडा नं १ माझखर्कको एकीकृत सामुदायिक नमूना कृषि फार्म पहिलो नम्बरमा छ । बाख्रापालनका लागि उक्त फार्मले रु १६ लाख ५० हजार अनुदान पाउनेछ ।

यस्तै वडा नं १ र २ को ताराखोला एकीकृत तरकारी उत्पादन केन्द्रका लागि रु छ लाख, वडा नं १ कै चगाडी अग्र्यानिक कृषि फार्मलाई रु तीन लाख अनुदान छुट्टाइएको छ । तरकारी खेतीमै वडा नं २ अर्गलको प्रगतिशील महिला कृषक समूहले रु तीन लाख, सोही वडामा बाख्रपालनका लागि थामी कृषक समूहले रु १३ लाख ५० हजार र वडा नं ३ हिलको घुम्टे हिल पशुपक्षी फार्मले बाख्रा, बट्टाई र स्थानीय जातका कुखुरापालनका लागि रु १२ लाख अनुदान पाउने भएको छ ।

सोही नामको अर्को फार्मका लागि बाख्रापालनमा रु नौ लाख अनुदान छुट्याइएको छ । हिलकै हर्निस बहुउद्देश्यीय कृषि फार्मले बट्टाई र स्थानीय जातका कुखुरापालनका लागि रु तीन लाख, वडा नं १, २ र ३ लाई समेटेको ताराखोला एकीकृत भेडाबाख्रा फार्मले रु पाँच लाख, वडा नं ३ को बराहखोला बाख्रा फार्मले भेडापालनका लागि रु दुई लाख र वडा नं ५ औलादीको एमएस बाख्रा फार्मले रु दुई लाख अनुदान पाउनेछ ।

वडा नं ३ को अर्खलाबोट बाख्रा फार्मले रु एक लाख, वडा नं ४ को लावाङ कृषक समूहले तरकारी खेतीका लागि रु १६ लाख, सोही वडाको तारागाउँमा रहेको ताराखोला बहुउद्देश्यीय रेम्बो ट्राउट माछा फार्मले रु १२ लाख अनुदान पाउने भएको छ । यस्तै वडा नं ५ को करिमेला कृषि तथा पशुपालन समूहलाई तरकारी खेतीका लागि रु १६ लाख र सोही वडाको मालचरी कृषक समूहलाई बाख्रापालनका लागि रु १० लाख अनुदान छुट्याइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले कृषिको व्यावसायीकरणका लागि एकीकृत नमूना कृषि फार्मको योजना ल्याइएको बताए। “यो कार्यक्रमले कृषिको व्यावसायिक उत्पादन बढ्नुका साथै स्थानीयवासीलाई आयआर्जनसँग जोड्छ, रोजगारी पनि सिर्जना गर्छ”, उनले भने ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  १० : ३५ बजे

बजेट निर्माणबारे अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्रीहरुको सुझाव

काठमाडौ– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटबारे

राष्ट्रिय विकास परिषदको बैठक बस्दै, १६औँ योजनालाई अन्तिम रुप दिइने

काठमाडौं– राष्ट्रिय विकास परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित

महोत्तरी– महोत्तरीको मटिहानी–६ स्थित मुस्लिम बस्तीका अग्निपीडित परिवार राहतको प्रतीक्षामा

पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न